पलाँसको गायन यात्राको थालनी

इनेप्लिज २०८१ चैत २० गते ११:२४ मा प्रकाशित

कवि तथा गीतकार शिव पलाँसले आफ्नै रचना र स्वरमा नयाँ गीत ‘तिम्रो सुनको हात्ती’ सार्वजनिक गरेका छन् । केशव बादीको संगीत र संगीत संयोजन रहेको यो गीत पलाँस क्रियशन नामको युट्युब च्यानलमा सुन्न सकिन्छ ।

करिब दुई दशकदेखि साहित्यमा निरन्तर क्रियाशील पलाँसको गीति संग्रह ‘ माया गर्नुको अर्थ’ प्रकाशित छ । त्यसैगरि उनका चार दर्जन जति गीतहरु रेकर्ड भएर बजारमा आइसकेका छन् । माया गर्नुको अर्थ , बेहोशीमै छोडी गयौ , गन्दै जादा पिरतीमा , खोकी लाग्दा हररो आदि उनका लोकप्रिय गीत हुन् ।

अखबारी लेखनमा समेत सक्रिय पलाँसले गीतमाथि आइरहेका प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको बताएका छन् । मान्छे पैसामुखी र बनावटी बन्दै जाँदा मानवता हराउदै गएको बिषयलाई गीतले उठान गर्न खोजेको छ ।

प्रतिक्रिया