गैरआवासीय नागरिकता छिट्टै कार्यान्वयन हुन्छ  पूर्वमन्त्री रमेश रिजाल

इनेप्लिज २०८१ चैत २० गते २२:१७ मा प्रकाशित

न्यूयोर्क, अप्रिल २, २०२५ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री एवं संघीय सांसद माननिय रमेश रिजालले नेपालको संविधानमा व्यवस्था गरिएको गैरआवासीय नागरिकता कार्यान्वयन प्रक्रियाको अन्तिम चरणमा पुगेको भन्नुभयो। अमेरिका भ्रमणका क्रममा न्यूयोर्कमा आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउँदै उहाँले प्रवासी नेपालीहरूलाई नागरिकता दिन ढिलाइ गर्न नहुने धारणा राख्नुभयो। उहाँका साथ उहाँकी धर्मपत्नी शोभा शर्माले यसै साता न्यूयोर्क भ्रमणको क्रममा लंगआईलेण्ड हुनुहुन्छ । नेपाली जनसम्पर्क समिति अमेरिका लङ आइल्यान्ड शाखाद्वारा आयोजित विशेष अन्तरक्रियामा नेता रिजालले भन्नुभयो, “प्रवासमा बसेर नेपालमा लगानी गर्नुभएको छ, नेपालको संस्कृति जोगाउनुभएको छ, नेपाललाई संकटमा सहयोग गर्नुभएको छ। यस्ता नेपालीलाई नागरिकता दिन कन्जुस्याइँ गर्नुको कुनै कारण देख्दिन।” उहाँले एनआरएनएभित्र देखिएको आन्तरिक विवादकै कारण गैरआवासीय नागरिकताको विषय ओझेलमा परेको उल्लेख गर्नुभयो।

कार्यक्रमका सभापति नेपाली जनसम्पर्क समिति लङ आइल्यान्ड शाखाका सभापति एवं नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विश्वराज वास्तोलाले नागरिकता कार्यान्वयनमा देखिएको अवरोधप्रति प्रवासमा रहेका नेपालीहरू असन्तुष्ट रहेको भन्नुभयो। साथै, उहाँले जनसम्पर्क समितिको निर्वाचन लामो समयसम्म नहुँदा कार्यकर्ताहरू निराश बनेको धारणा राख्नुभयो। कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट, महासचिव मुनेन्द्र नेम्वाङ, पूर्व महासमिति सदस्य एवं प्रभावशाली नेता वेदप्रसाद खरेल, टाउन अफ हेम्पस्टेडका कार्यकारी निर्देशक जाहिद साहेद, CCNCUSA का अध्यक्ष बाबुराम शर्मा, कास्की समाज अन्तर्राष्ट्रिय परिषदका नवनिर्वाचित अध्यक्ष शिव बहादुर बानिया, जनसम्पर्क समिति मकाउका संस्थापक सभापति एवं पूर्व महासमिति सदस्य अम्बिर राज जोशी, धादिङ नेपाली समाजका अध्यक्ष एवं जनसम्पर्क समिति अमेरिकाका नेता टक रुवाली, एनआरएनए अमेरिकाका सहकोषाध्यक्ष दिवाकर पाण्डे, लङ आइल्यान्ड नेपाली समाजका पूर्व अध्यक्ष एवं CCNCUSA का संस्थापक द्वय टिकाराज ढकाल, बसन्त चापागाईं, न्यूयोर्क च्याप्टर सदस्य विशाल रेग्मी, त्रिवेणी टाइम्सका अमेरिका ब्युरो इन्चार्ज बेगम पण्डित, समाजका सचिव एवं CCNCUSA का नेता मोहन क्षेत्री, नेपाली कांग्रेसका नेता शिव फागो, समाजसेवी राज चौलागाईं, नेपाल महिला संघका पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधि लक्ष्मी वास्तोला, राजकुमार गुरूङ लगायत नेताहरूले मन्तव्य राख्नुभयो। कार्यक्रमको सञ्चालन समाजसेवी महेश खड्काले गर्नुभयो।

टाउन अफ ओयस्टर बेद्वारा विशेष सम्मान नेता रिजाल हिजो टाउन अफ ओयस्टरबे, न्यूयोर्कद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा पनि सहभागी हुनुभयो। अमेरिकन नेपाली समुदाय समन्वय समिति (CCNCUSA) को पहलमा आयोजित सो कार्यक्रममा उहाँलाई विशेष सम्मान प्रदान गर्नुभयो। टाउन अफ ओयस्टर बेका अधिकारीहरूले नेपाली समुदायको योगदानको प्रशंसा गर्दै भविष्यमा अझ सशक्त सहकार्यको प्रतिबद्धता व्यक्त गर्नुभयो। Asian Advisory Board का कार्यकारी निर्देशक ह्यारी मलहोत्रा तथा Taxation Department का Receiver of Taxes Jeffrey P. Pravato ले नेपाली समुदाय र टाउनबीचको सम्बन्धलाई अझ मजबुत बनाउन सकिने विषयमा आफ्नो धारणा राख्नुभयो। साथै, CCNCUSA सँग सहकार्यलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेता वेदप्रसाद खरेलको धारणा: टाउन अफ ओयस्टर बेद्वारा आयोजित सो कार्यक्रमको अवसरमा वरिस्ठ नेता वेदप्रसाद खरेलले नेपाली समुदायको हितमा काम गर्न राजनीतिकभन्दा सामाजिक दृष्टिकोणमा जोड दिँदै कार्यक्रमको महत्त्वबारे धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “हामीले नेपाल र प्रवास बीचको सहकार्यलाई सशक्त बनाउनका लागि यस स्थानिय सरकारसँग सहकार्य र समन्वय गर्नुपर्ने छ। CCNCUSA ले यो दिशा तय गर्दै महत्वपूर्ण काम गर्दै आएको छ।” उहाँले नेपाली समुदायको एकता र समृद्धिको लागि नेपाली प्रवासीहरूको सक्रिय योगदानको महत्त्वलाई जोड दिनुभयो।

कार्यक्रममा CCNCUSA का संस्स्थापक एवं वेस्टर वे टाउनमा साउथ एसिएन एडभाईजरी वोर्ड सदस्य विश्वराज वास्तोला, महासचिव शंकरराज भण्डारी, डाक्टर पण्डित पिपलमणि सिग्देल, धादिङ नेपाली समाजका अध्यक्ष एवं जनसम्पर्क समिति अमेरिकाका नेता टक रुवाली, एनआरएनए अमेरिका का महासचिव रामहरि अधिकारी, नेपाली कांग्रेस सिन्धु पाल्चोकका नेता मित्रबहादुर कार्की, समाजसेवी बेगम पण्डित, रमेश सत्याल, निरज सापकोटा, सुमन वास्तोला, कोपिला बराल वास्तोला लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। रुजवेल्टको प्रमुख बसोबास Sagamore Hill मा अवलोकन हिजो, माननीय रमेश रिजाल र उनकी धर्मपत्नी शोभा शर्माले लङ आइल्याण्डको Sagamore Hill, ओयस्टर बे स्थित Theodore Roosevelt’s historic home को अवलोकन गर्नुभयो। यो स्थल अमेरिकाको २६औं राष्ट्रपति थियोडोर रुजवेल्टको निवास थियो र अहिले Theodore Roosevelt National Historic Site को रूपमा संरक्षण गरिएको छ। रुजवेल्टको ऐतिहासिक योगदान र उनको जीवनशैलीलाई सम्झनका लागि यो स्थल विशेष महत्व राख्दछ। नेपाली समुदायको योगदान र प्रवास-नेपाल सम्बन्ध Nepalese American समुदाय Town of Oyster Bay र Long Island मा तीव्र गतिमा वृद्धि भइरहेको छ। व्यवसाय, सामाजिक सेवा, र नेतृत्वदायी भूमिकामा नेपालीहरूको योगदान उल्लेखनीय छ। आजका सम्मान र संवादहरूले नेपाली समुदायलाई अझ प्रेरित, सशक्त, र एकीकृत बनाउने विश्वास गरिएको छ। नेपाल र प्रवासबीचको सम्बन्धले दुवै देशका नागरिकलाई लाभ पुर्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया