अमेरिकाको ओहायोबाट बेपत्ता भएका निकेश आचार्यको शव गत बिहिबार अप्रिल ३ का दिन दिउसो ३:३० बजे फेला पारिएको प्रहरीले जनाएको छ । मृतकका परिवारसँग नजदिक रहेका श्रोतले ईनेप्लिजलाई जानकारी दिएका छन् । ३ दिन अगाडी मात्र उनि नभेटिए पछि उनलाई परिवारको तर्फबाट समुदायलाई बिशेष आह्वान गर्दै उनि कतै भए खबर गर्न समेत अनुरोध गरेका थिए ।
स्थानीय प्रहरीले उनले छोडेको गाडी हुभर बाँध नजिक फेला परेको स्थानमा व्यापक खोज तलास गर्दा पनि उनि अझै भेटिएका थिएनन् । उनलाई खोज्न हरेक नयाँ प्रविधिको साथै हरेक उपाय गर्दा पनि उनलाई भेट्न नसकिएको प्रहरी बिभाग जनाएका थिए । हाललाई खोज तलासलाई स्थगित गर्ने भनेता पनि अप्रिल ३ बिहिबारका दिन उनको शव फेला पारिएको र डिएनए जाचमा उनि नै भएको ईनेप्लिजलाई जानकारी दिइएको छ ।
ईनेप्लिजसँग परिवार र परिवारका सदस्यले कुराकानी गर्दै उनि विपश्यना ध्यानमा पनि रुचि राख्ने ,अलिक धार्मिक तथा अध्यात्म तर्फ पनि झुकाव भएको समेत बताए पनि बेपत्ता भएका उनि अन्ततगत्वा शव फेला परेको छ ।
गत मंगलबार परिवारले उनि घर छोड्ने दिन राती १० : १५ बजे हरियो रंगको पाईजामा र कलेजो रंगको गन्जी लगाएको जानकारी दिएका थिए । तर घर छोड्दा उनले अर्कै बैजनी रंगको लुगा लगाएका थिए । ईनेप्लिजमा प्रकाशित तस्बिरहरु परिवारका सदस्यहरुले ईनेप्लिजलाई उपलब्ध गराईएको हो ।
ध्यानाकर्षण : तपाईहरु पनि अमेरिकामा कही कतै हुनु हुन्छ र उदासीपन अर्थात् डिप्रेसन आदी इत्यादिको शिकार हुनु हुन्छ भने सिधै ९८८ मा सम्पर्क गर्न सकिने छ ।
बिस्तृत जानकारी ईनेप्लिजलाई प्राप्त हुना साथ हामी यहाहरुलाई अध्यावधिक गराउने छौ ।
प्रतिक्रिया