अमेरिकाको शक्तिशाली साइबरसाङ्गणिक) गुप्तचर संस्था राष्ट्रिय सुरक्षा निकाय (नेशनल सेक्युरिटी एजेन्सी ) का निर्देशक तथा उप-निर्देशकलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बर्खास्त गरेको छ। अमेरिकी संसदको सिनेट तथा र तल्लो सदन गुप्तचर समिति (हाउस इन्टेलिजेन्स कमिटी)का सदस्यहरू तथा दुईजना पूर्व अधिकारीहरूले यो जानकारी दिएको सिएनएनले जनाएको छ ।
बर्खास्त गरिएका जनरल टिमोथी हफ राष्ट्रिय सुरक्षा निकाय (एनएसए)का प्रमुख मात्र नभई अमेरिकी साइबर कमान्डका पनि नेतृत्वकर्ता थिए, जसले साइबर आक्रमण तथा सुरक्षा कार्यहरू सम्हाल्दछ।
हफले फेब्रुअरी २०२४ देखि यो पद सम्हाल्दै आएका थिए। उनीसँगै उनका सहायक वेंडी नोबललाई पनि हटाइएको जनाइएको छ।
यस कदमलाई अमेरिकाको गुप्तचर समुदायमा ठूलो हेरफेरको रूपमा लिइएको छ, खासगरी ट्रम्प प्रशासनको शुरुवाती दुई महिनामा यो परिवर्तन देखिएको हो। सिनेट र प्रतिनिधि सभा गुप्तचर समितिका प्रमुख डेमोक्र्याट नेताहरू सिनेटर मार्क वार्नर र सांसद जिम हाइम्सले हफको बर्खास्तीको कडा आलोचना गरेका छन्।
हाल बर्खास्तीको स्पष्ट कारण खुलेको छैन। तर अर्का सैनिक अधिकारी विलियम हार्टम्यान जो अमेरिकी साइबर कमान्डका उपप्रमुख थिए उनलाई कार्यवाहक निर्देशकका रूपमा नियुक्त गरिने सम्भावना रहेको बताइएको छ।
यसअघि राष्ट्रीय सुरक्षा परिषदका पनि केही कर्मचारीहरूलाई हटाइएको खबर आएको थियो। यो घटना लरा लूमर नामकी कट्टर दक्षिणपन्थी कार्यकर्ताको सिफारिसपछि भएको बताइन्छ। लूमरले एक समय ९/११ आन्तरिक षड्यन्त्र भएको दाबी गरेकी थिइन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उक्त बर्खास्तीको सिफारिस गरेको बताइएको छ।
प्रतिक्रिया