पूर्व राष्ट्रपति बराक ओबामा र पूर्व उपराष्ट्रपति कमला ह्यारिसले राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा भइरहेका गतिविधिहरूप्रति सार्वजनिक रूपमा आलोचना गरेका छन्। बिहीबार उनीहरूले देशको वर्तमान अवस्थाबारे अलग-अलग कार्यक्रममार्फत विचार राख्दै प्रशासनका पछिल्ला निर्णयहरूलाई लिएर चिन्ता व्यक्त गरे।
ओबामाले ह्यामिल्टन महाबिद्यालय(कलेजमा आयोजित एक अन्तर्वार्ताका क्रममा ट्रम्प प्रशासनद्वारा संघीय सरकारको पुनर्संरचना, आप्रवासनमा कडाइ, असहमतिहरूको दमन, तथा सञ्चारमाध्यम र न्याय प्रणालीमाथिको दबाबलाई तीव्र शब्दमा आलोचना गरे।
“कल्पना गर्नुहोस्, यदि मैले यस्ता कामहरू गरेको भए!” ओबामाले भने। “म माथि र मेरा पूर्ववर्तीहरूमाथि यस्तो व्यवहार कहिल्यै स्वीकार गरिन्थ्यो र आज चुपचाप बसिरहेका व्यक्तिहरूले त्यसबेला ठूलो आवाज उठाउँथे।”
ओबामाले ट्रम्पको नयाँ आयात महसुल घोषणालाई पनि अर्थतन्त्रका लागि हानिकारक ठहर गर्दै भने, “म अझ बढी चिन्तित छु जब सरकार आफैंले विश्वविद्यालयहरूलाई धम्की दिन्छ, यदि तिनीहरूले स्वतन्त्र अभिव्यक्तिका पक्षमा उभिएका विद्यार्थीहरूलाई समर्थन गरे भने।”
कमला ह्यारिसले पनि अमेरिकी लोकतन्त्रमा हाल देखिएको ‘संविधानविपरीत व्यवहार’लाई उल्लेख गर्दै राष्ट्रपति ट्रम्पप्रति गम्भीर आलोचना गरिन्।
ओबामाले सन् २०२४ को राष्ट्रपति निर्वाचनको अन्तिम चरणमा ह्यारिसको पक्षमा प्रचार गर्दै ट्रम्पको सम्भावित दोस्रो कार्यकालप्रति पहिल्यै चेतावनी दिएका थिए। उनले भनेका थिए, “ट्रम्प गफाडी जस्तो देखिए पनि उनको नेतृत्व अमेरिकी लोकतन्त्रका लागि खतरनाक हुन सक्छ।”
प्रतिक्रिया