राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो सामाजिक सॅजाल ट्रुथ सोशलमा प्रकाशन गर्दै उनले भियतनामी राष्ट्रपति तो लामसँग फलदायी दूरवार्ता भएको बताए ।
ट्रम्पका अनुसार, भियतनामी नेता “संयुक्त राज्य अमेरिकासँग सहमति भएमा भन्सार शुल्क शून्य बनाउन चाहन्छन्”।
यो वार्ता बुधबार ट्रम्पले भियतनामी वस्तुहरूमा ४६% भन्सार शुल्क घोषणा गरेपछि भएको हो।
उक्त घोषणा उनले पारस्परिक शुल्क कार्यक्रम अन्तर्गत गरेका थिए।
अप्रिल २ मा ट्रम्पले भियतनामबाट आयात हुने सामानमा ४६% भन्सार शुल्क लगाउने योजना सार्वजनिक गरेका थिए ।
यो निर्णयले लुगा, फर्निचर, खेलौना जस्ता क्षेत्रमा असर गर्नेछ र यसले अमेरिकी उपभोक्तालाई महँगी बढ्ने खतरासमेत देखिएको छ।
भियतनामको सस्तो उत्पादनमा भर पर्ने अमेरिकी व्यवसायहरूबीच यसले चिन्ता र त्रास पैदा गराएको छ।
प्रतिक्रिया