ट्रम्पले टिकटकका लागि अमेरिकी खरिदकर्ता खोज्न थप ७५ दिनको समय दिए

इनेप्लिज २०८१ चैत २१ गते १८:४३ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार घोषणा गर्दै उनले टिकटकलाई अमेरिकामा अझै ७५ दिन सञ्चालनमा राख्न कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताए ।

कङ्ग्रेसले जनवरी १९ सम्म टिकटतलाई चीनबाट अलग गर्न वा राष्ट्रिय सुरक्षाका कारण अमेरिकामा प्रतिबन्ध लगाउने निर्णयगरिसकेको थियो। तर राष्ट्रपति ट्रम्पले एकल निर्णय गर्दै यस म्यादलाई यो सप्ताहन्तसम्म थप समय दिन आदेश जारी गरेका हुन्।

हालसालै ट्रम्पले टिकटक खरिद गर्न इच्छुक विभिन्न अमेरिकी कम्पनीहरूको प्रस्तावहरूलाई ध्यानमा राखिरहेका छन् ।

तर टिकटकको मालिक चिनियाँ प्रतिष्ठान वाईटडान्सले बिक्रीमा नरहेको स्पष्ट पार्दै आएको छ।

“मेरो प्रशासन टिकटक बचाउन सम्झौता गर्न धेरै मेहनत गरिरहेको छ, र हामीले उल्लेखनीय प्रगति गरेका छौं,” ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्।

सम्झौताका लागि अझै केही काम आवश्यक छ, त्यसैले म टिकटकलाई ७५ दिन थप सञ्चालनमा राख्न कार्यकारी आदेशमा हस्ताक्षर गर्दैछु, उनले भने।

प्रतिक्रिया