नेपाली समुदायप्रति सम्मान, प्रवासी नागरिकतामा अब विलम्ब नहुने धारणा
न्यूयोर्क, अप्रिल २, २०२५ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा संघीय सांसद माननीय रमेश रिजालले नेपालको संविधानमा समावेश गैरआवासीय नागरिकताको प्रावधान अब कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताएका छन्। न्यूयोर्कमा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागिता जनाउँदै नेता रिजालले संविधानमा उल्लेख भए वमोजिमनै प्रवासी नेपालीहरूलाई अब ढिलो नगरी नागरिकता उपलब्ध गराउनुपर्नेमा जोड दिए। उहाँका साथ धर्मपत्नी शोभा शर्मा पनि यसै साता न्यूयोर्क भ्रमणमा हुनुहुन्छ। नेपाली जनसम्पर्क समिति लङ आइल्यान्ड शाखाद्वारा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रम कार्यक्रमका प्रमुख अतिथि नेता रिजालले भन्नुभयो, “प्रवासी नेपालीहरूले नेपालमा लगानी गरेका छन्, संस्कृति जोगाएका छन्, संकटमा साथ दिएका छन्। यस्तो योगदान दिने नेपालीहरूलाई नागरिकता दिन कुनै हिचकिचाहट हुनु हुँदैन। नेता रिजालले भन्नुभो , “एक पटकको नेपाली सधैंको नेपाली “ उहाँले गैरआवासीय नागरिकता विषयमा देखिएको ढिलाइ एनआरएनएको आन्तरिक विवादले ओझेलमा परेको तीतो यथार्थ पनि उल्लेख गर्नुभयो।
कार्यकर्ताको आवाज :
विश्वराज वास्तोला कार्यक्रमको सभापतित्व नेपाली जनसम्पर्क समिति लङ आइल्यान्ड शाखा सभापति एवं नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि विश्वराज वास्तोलाले गर्दै नागरिकता कार्यान्वयनमा देखिएको अवरोधप्रति प्रवासी नेपालीहरू गम्भीर असन्तुष्ट रहेको धारणा व्यक्त गर्नुभयो। साथै, जनसम्पर्क समिति अमेरिकाको निर्वाचन लामो समयदेखि नभएकोले कार्यकर्तामा निराशा बढेको पनि बताउनुभयो। कार्यक्रमको संचालन समाजसेवी एवं एनआरएन लिडर महेस खड्काले गर्नुभएको थियो ।
विशिष्ट सहभागीहरूको उपस्थिति
कार्यक्रममा जनसम्पर्क समिति अमेरिका सभापति आनन्द बिष्ट, महासचिव मुनेन्द्र नेम्वाङ, पूर्व महासमिति सदस्य वेदप्रसाद खरेल, टाउन अफ हेम्पस्टेडका कार्यकारी निर्देशक जाहिद साहेद, CCNCUSA अध्यक्ष बाबुराम शर्मा, कास्की समाज अन्तर्राष्ट्रिय परिषद अध्यक्ष शिव बहादुर वानिया, जनसम्पर्क समिति मकाउका संस्थापक अध्यक्ष अम्बिरराज जोशी, धादिङ नेपाली समाज अध्यक्ष टक रुवाली, एनआरएनए अमेरिका सहकोषाध्यक्ष दिवाकर पाण्डे, सदस्य विशाल रेग्मी ,लङ आइल्यान्ड नेपाली समाजका पूर्व अध्यक्ष एव CCNC USA का लिडरहरु टिकाराज ढकाल, बसन्त चापागाईं, सचिव मोहन क्षेत्री ,सदस्य सुमन वास्तोला त्रिवेणी टाइम्स अमेरिका ब्युरो प्रमुख बेगम पण्डित, यूवा नेता शिव फागो, समाजसेवी राज चौलागाईं, नेपाल महिला संघकी पूर्व प्रतिनिधि लक्ष्मी वास्तोला, राजकुमार गुरुङले मन्तव्य राख्नु भएको थियो , लंगआईलेण्डको ग्लेनकोभ स्थ्ति While in Kathmandu Restaurant मा संचालित भव्य कार्यक्रममा हेम्जा सोसाईटीका उपाध्यक्ष लक्ष्मी थापा ,समाजसेवी लक्ष्मी सुवेदी,विपीन भट्ट ,पारस खरेल लगाएतको सहभागिता रहेको थियो। कार्यक्रमको सुमन वास्तोलाले लाईभ प्रसारण गरेका थिए।
टाउन अफ ओयस्टर बेद्वारा विशेष सम्मान
त्यसैगरी नेता रिजाल हिजो टाउन अफ ओयस्टर बेमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सहभागी हुनुभयो। CCNCUSA को पहलमा आयोजित सो कार्यक्रममा अमेरिकी स्थानीय प्रशासनले नेपाली समुदायको योगदानको उच्च मूल्याङ्कन गर्दै नेता रिजाललाई विशेष सम्मान प्रदान गर्यो। Asian Advisory Board कार्यकारी निर्देशक ह्यारी मलहोत्रा र Taxation Department का Jeffrey Pravato ले नेपाली समुदाय र टाउनबीचको सहकार्य अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे। नेता वेदप्रसाद खरेलको धारणा सोही अवसरमा बोल्दै नेता वेदप्रसाद खरेलले राजनीतिक भन्दा सामाजिक दृष्टिकोणबाट नेपाली प्रवासीहरूको हितमा काम गर्नुपर्ने बताए। उहाँले स्थानीय सरकारसँग सहकार्य गर्दै CCNCUSA ले समुदायको हितमा महत्वपूर्ण काम गरिरहेको प्रशंसा गरे।
Sagamore Hill अवलोकन यसै क्रममा नेता रिजाल र उनकी धर्मपत्नी शोभा शर्माले Theodore Roosevelt को ऐतिहासिक निवास Sagamore Hill को अवलोकन गरे। अमेरिकाका २६औं राष्ट्रपति थियोडोर रुजवेल्टको जीवनशैली र ऐतिहासिक योगदान सम्झाउने यो स्थान Long Island को महत्वपूर्ण ऐतिहासिक सम्पदा हो। नेपाली समुदायको योगदान र सम्भावना Long Island र टाउन अफ ओयस्टर बेमा बसोबास गर्ने नेपालीहरूको संख्या तीव्र रूपमा बढिरहेको छ। व्यवसाय, सेवा र नेतृत्वमा सक्रिय नेपाली समुदायले अमेरिकी समाजमा विशिष्ट पहिचान बनाउँदै गएको छ। यस प्रकारका सम्मान, अन्तरक्रिया र सहकार्यका कार्यक्रमहरूले प्रवासी नेपालीहरूलाई थप सशक्त, प्रेरित र संगठित बनाउने विश्वास गरिएको छ। साथै, नेपाल र प्रवासीबीचको सम्बन्ध अझ घनिष्ठ हुँदै दुवै पक्षलाई लाभ पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया