राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सभापति रवि लामिछाने पक्राउ परेका छन्। काठमाडौंको हात्तिगौडास्थित निवासबाटै शुक्रबार राति प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो।
उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेशकुमार आचार्यका अनुसार लामिछानेलाई प्रक्रियागत रूपमा अदालत बुझाउने छ। ‘अदालतको फैसलाबमोजिम उहाँ (रवि लामिछाने)लाई पक्राउ गरेका छौं। रुपन्देहीको मुद्दा भएकाले त्यहाँको अदालतमा उपस्थित गराउनेगरी भैरहवा लैजान्छौं,’ उनले भने।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको फैसलालाई उल्टाउँदै थुनामा पठाउने आदेश दिएपछि उनी पक्राउ परेका हुन्। पक्राउ पर्नुअघि सभापति लामिछानेले आफू गिरफ्तारी दिन तयार रहेको बताएका थिए उनी घर बाट भिडियोमा
बेद प्रसाद घिमिरे
प्रतिक्रिया