सर्वोच्च अदालतद्वारा शिक्षक तालिमको ६५ मिलियन डलर अनुदान रोक्न राष्ट्रपति ट्रम्पलाई अनुमति,ट्रम्प प्रशासनको जित

इनेप्लिज २०८१ चैत २२ गते १:०४ मा प्रकाशित

अप्रिल ४ शुक्रवारका दिन सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शिक्षक अभाव समाधानका लागि राज्यहरूलाई दिइएको करिब ६५ मिलियन डलर बराबरको अनुदान अस्थायी रूपमा रोक्न अनुमति दिएको छ। यो जनवरीमा सत्ता पुनः प्राप्त गरेपछि ट्रम्प प्रशासनले सर्वोच्च अदालतमा जितेको पहिलो मुद्दा हो।

सर्वोच्च अदालतले ५–४ मा निर्णय गर्दै ट्रम्पको पक्षमा फैसला सुनाएको छ जहाँ प्रमुख न्यायाधीश जोन रोबर्ट्स र तीन उदारवादी न्यायाधीशहरूले असहमत जनाए ।

सर्वोच्चकी न्यायाधीश सोनिया सोतोमयोर, एलिना कगन, र केतान्जी ब्राउन ज्याक्सनले असहमति जनाउँदै आफ्नो दृष्टिकोण स्पष्ट पार्ने छुट्टाछुट्टै अभिमत लेखेका थिए। रोबर्ट्सले असहमति जनाए पनि कारण उल्लेख नगरी निर्णयमा सहभागी भएनन्।

बहुमत पाँच रूढिवादी न्यायाधीशहरू क्रमस क्लेरेन्स थोमस, स्यामुअल एलिटो, नील गोरसच, ब्रेट काभनाफ, र एमी कोनी ब्यारेटले ट्रम्पको पक्षमा निर्णय दिए ।

सिएनएन विश्लेषक तथा जर्जटाउन विश्वविद्यालयका प्राध्यापक स्टीभ व्लाडेकले भने यो ट्रम्प प्रशासनको लागि निश्चय नै जित हो ।

न्यायाधीश ज्याक्सनले विद्यालयहरूमा परेको प्रत्यक्ष असरप्रति अदालतले बेवास्ता गरेको आरोप लगाउँदै बोस्टनका विद्यालयहरूबाट केही स्थायी कर्मचारी हटाइएको र न्यु जर्सी कलेजले शिक्षक तालिम कार्यक्रम नै रद्द गरेको उल्लेख गरिन ।

“यति ठूलो असर पार्ने वित्तीय कटौतीको पीडालाई सानो जोखिमसँग तुलना गर्नु दिमागले बुझ्नै गाह्रो छ।” उनले भनिन् ।

प्रतिक्रिया