जनताहरुले राजा ज्ञानेन्द्र शाहले मुलुकमा गर्ने योजनाहरु बारे जान्न खोजेका छन । राकेश शर्मा

इनेप्लिज २०८१ चैत २२ गते २:१० मा प्रकाशित

विगतको समय भन्नाले सत्ता आफनो हातमा लिएपछि २०६१ सालमा राजा ज्ञानेन्द्र शाह बाट ठिकै छ भन्नू शिवाय र मुलुकमा देखिएको त्यस बखत देखिएको समस्या समाधान र योजनाहरु कार्यान्वयन भएन ।

अब जनताहरुले राजा ज्ञानेन्द्र शाहले मुलुकमा गर्ने योजनाहरु बारे जान्न खोजेका छन । सर्वप्रथम राजा ज्ञानेन्द्र शाहले विज्ञप्ति, वक्तव्य र सामाजिक संजाल मार्फत अब मुलुकमा के के गर्ने भन्ने बारे आफनो विस्तृत खाका र योजनाहरु जनताहरु समक्ष प्रस्तुत गर्न अपरिहार्य छ ।

राजा ज्ञानेन्द्र शाहले तल बुँदागत रूपमा उल्लेखित मेरो प्रश्नहरु बारे पनि जनताहरुलाई जवाफ दिनुहोस । राजा ज्ञानेन्द्र शाहले मेरो प्रश्न बाहेक पनि कुनै योजनाहरु छन भने प्रस्तुत गर्न सक्नुहुन्छ ।

(१) युवाहरुको हित र बेरोजगार को सम्बन्धमा योजनाहरु प्रस्तुत गर्नुहोस ।

(२) बन्द गरिएका कल कारखानाहरु संचालनको सम्बन्धमा योजनाहरु प्रस्तुत गर्नुहोस ।

(३) स्वास्थ्य र शिक्षालाई नि:शुल्क गर्ने सम्बन्धमा योजनाहरु प्रस्तुत गर्नुहोस ।

(४) मुलुकको आयस्रोत सम्बन्धमा योजनाहरु प्रस्तुत गर्नुहोस ।

(५) मुलुकमा आर्थिक क्रान्तिको सम्बन्धमा योजनाहरु प्रस्तुत गर्नुहोस ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया