बाल्यकालमै विवाहबन्धनमा बाँधिएकी सुशीलाका पति उनी पच्चीस वर्षको उमेर नपुग्दै अर्वुद रोगको सिकार भए ।
देवर,देउरानी र नन्द आमाजुकी धनी सुशीलाले गाईको गोठ,खेतीपाती,बाख्रा पाठा लगायत सबै सिहारेकी थिइन् । त्यति हुँदा पनि घरपरिवार उनको कामबाट सन्तुष्ट हुन नसकेर पति वियोगको वर्षदिनको काम सकिएको दुई महिनापछि दुई सन्तान सहित घरबाट उनलाई अलग्याई दिए।
सुशीलाका पतिको जग्गा जमिन त प्रसस्तै थियोे । तर सुशीलाको हिस्साको पनि सुशीलालाई नदिइ छुट्याइयो ।
आफ्नै उमेरको परिपक्वता थाहा नपाउँदै जन्मेका केटाकेटी हुर्किँदै थिए । शिक्षास्वास्थ्य,खानपिन जस्ता कुराहरु पुर्याउन सुशीलालाई निकै कठिन थियोे ।
सुशीला विदुवा भएको कारण परिवारले उनलाई हरेक कुरामा शंकास्पद दृष्टिकोणले हेर्थ्यो । उनको हरेक उठ,बस,खानपिनमा परिवारको मात्रै होइन उनी जोडिएको समाजले निकै चासो राख्थ्यो।
एक पटक सुशीलाका दुबै केटाकेटी विरामी परेर लामै समय अस्पताल राख्न पर्यो। ज्यालामजदुरीबाट जीवनको गुजरा गरिरहेकी सुशीलाले त्यो घरपरिवार ,नाता,सम्बन्ध र पैसाको महत्त्व र आवश्यकता राम्रोसँग बुझी।
कसैबाट पनि सरसहयोग र सापटी नपाएकी सुशीलाले आफ्नो कामसँग जोडिएकाहरुसँग छत्तीसप्रतिशत ब्याजमा ऋण लिएर सन्तानको उपचार सकी ।
केटी हेर्न जाँदा ससुराले देखाएको सम्पत्तिको धाकधक्कु सुशीलाका ससुराले सुशीला र सुशीलाका सन्तानको आपत्तविपतमा कहिँकतै जोड्न सकेनन् ।
छोराको निधनपछि सुशीलाका सासू,ससुराले बुहारीलाई हेर्ने दृष्टिकोणमा देखिएको फरकपनले सुशीलाको पतिले पाउने सम्पत्तिको स्वामित्व र हस्तान्तरणको प्रकृया नै अबरुद्ध गरायो। त्यो मात्रै होइन प्रसस्तै आम्दानीको श्रोत बनाएका देवरहरुले पनि भाउजुको मर्का बुझ्न नचाहेको मात्रै होइन, देवरहरुको पैत्रिक सम्पत्तिलाई अंशबन्डा नगरि प्रसादको रुपमा जोगाउने तर्क सुनेर सुशीला अलमल्लमा परिन् ।
सुशिलालाई देवरहरुको कुराले उकुसमुकुस भयो । रातभर छट्पटीएर सुत्न नसकेकी सुशीलाले विहान सातै बजे खाना बनाएर बच्चालाई खुवाइन,आफुले पनि खाइन अनि वडा कार्यलय पुगेर आफ्नो सबै समस्या वडाध्यक्षको अगाडि राखिन ।
वडा अध्यक्षले निवेदनको ब्यहोरा सिकाइ दिए । उनले आफैं निवेदन लेखिन र वडामा बुझाइ दिइन र घर फर्किन्।
सीता ओझा
२०८१/१२/२३
प्रतिक्रिया