राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हुथी विद्रोहीमाथि गरिएको हालैको हवाई आक्रमणको श्रब्यदृश्य (भिडियो) आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा साझा गरे।
उनले कडा चेतावनी दिदै भने , “यी हुथीहरूले आक्रमणको तयारी गर्दै थिए, तर अब कुनै आक्रमण हुने छैन। उनीहरूले अब कहिल्यै हाम्रा जहाजहरू डुबाउने छैनन्!”
ट्रम्प प्रशासनले इरानद्वारा समर्थित हुथी विद्रोहीहरूलाई लक्षित गर्दै २० दिनदेखि लगातार हवाई आक्रमण गरिरहेको छ। गत महिना जेरुसेलमले गाजाका लागि मानवीय सहायता बन्द गरेपछि हुथीहरूले इजरायली जहाजहरूलाई धम्की दिएका थिए।
गत महिना हुथीहरूले रातो सागरमा अमेरिकी जहाज र अन्य अमेरिकी युद्धपोतहरूमा आक्रमण गरेको दाबी गरेका थिए। उनीहरूले मार्च ३ यता ३ वटा एमक्यु पनि खसालेका छन्।
अमेरिकी विदेश बिभागले मार्चको सुरुवातमा पहिलो मानव रहित यान (ड्रोन )खसालिएपछि प्रतिबन्धहरू घोषणा गरेको थियो। पछिल्लो हप्ता थप प्रतिबन्धहरू लगाउँदै हुथीहरूको आर्थिक सञ्जालमा संलग्न प्रतिष्ठान तथा व्यक्तिहरूमाथि कारबाही गरिएको हो।
राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जका अनुसार हुथीहरू अल-कायदा वा आइएसआइएस जस्तै हुन् । तर उनीहरुसँग अत्याधुनिक क्षेप्यास्त्र र इरानले दिएको हवाई रक्षा प्रणाली छ ।
ट्रम्पले सामाजिक संजालमा “पछिल्ला दुई सातादेखि उनीहरूलाई कठोर रूपमा प्रहार गरिएको जनाएका छन् । धेरै लडाकु र नेता अब छैनन् ,उनले भने । आक्रमण निरन्तर जारी रहने बताए ।
इरान समर्थित यो आतङ्कवादी समूहले २०२३ को अक्टोबर ७ मा इजरायलमा हमासले गराएको आक्रमणपछि रातो सागरमा पश्चिमी जहाजहरूमा आक्रमण बढाएको हो। सुरक्षाविद्हरूका अनुसार हुथीहरूले चिनियाँ तथा साउदी जहाजहरूमा आक्रमण गर्दैनन् ।
प्रतिक्रिया