भन्सार शुल्क लगाए पछि ह्वाइट हाउसमा ट्रम्प र नेतान्याहू बीच फेरि भेटघाट हुने

इनेप्लिज २०८१ चैत २२ गते १५:०७ मा प्रकाशित

भन्सार शुल्क लगाए पछि अमेरिकी राष्ट्रपति डोनाल्ड र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु बीच ह्वाइट हाउसमा फेरि भेटघाट हुने भएको छ ।

नेतन्याहुलाई आगामी सोमबार ह्वाइट हाउसमा स्वागत गर्ने कार्यक्रम रहेको एकजना ह्वाइट हाउस अधिकारीले सिएनएनलाई बताएका छन् । यसबीच अमेरिका सरकारले इजरायल माथि १७ प्रतिशत भन्सार शुल्क लगाएको छ। एकजना वरिष्ठ सल्लाहकारका अनुसार राष्ट्रपति ट्रम्प इजरायल सहित अन्य केही देशहरूसँग अलग्गै व्यापार सम्झौता गर्न सक्रिय रुपमा वार्ता गरिरहेका छन् ।

गत महिनाको हमाससँगको दुई महिने युद्धविराम समाप्त भएपछि यो भेटघाटको आयोजना गरिएको हो । राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नेतन्याहुबीच गत बिहीबार दूरवार्ता भएको थियो। त्यसपछि ट्रम्पले राष्ट्रपतिको बिमान (एयर फोर्स वान) मा पत्रकारहरूसँग कुरा गर्दै गाजालाई “ठूलो समस्या” भन्दै त्यसको समाधान गर्ने आशा व्यक्त गरे। यो पनि एउटा समस्या हो जसलाई हामी समाधान गर्न चाहन्छौं,” ट्रम्पले भने।

“गाजा निकै महत्वपूर्ण विषय हो। यो धेरै वर्षदेखि नाकाबन्दीमा छ,” उनले थपे।

प्रतिक्रिया