दमन्ता खनाल स्मृति नारीस्रष्टा सम्मान -२०८१’ तिवारी आमालाई प्रदान गरिने

इनेप्लिज २०८१ चैत २२ गते १५:५८ मा प्रकाशित

काठमाडौं। ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान- २०८१’ द्धारा लोकगीत सर्जक, गायिका लक्ष्मी तिवारी(तिवारी आमा) सम्मानित हुने हुनुभएको छ ।

ओझेलमा परेका नारी स्रष्टालाई प्रदान गरिने पन्ध्र हजार एक सय एघार नगद राशीको यो सम्मान यसपटक तिवारीलाई प्रदान गर्न लागिएको नेपाल स्रष्टा समाजले जनाएको छ ।


नेपाल स्रष्टा समाजका सचिव प्रकाश घायलको संयोजनमा डा. शान्तिमाया गिरी र पुष्पा खनाल सदस्य रहेको सम्मान सिफारिस समितिले तिवारीलाई सिफारिस गरेको हो । सोही सिफारिसलाई समाजको कार्यसमितिले अनुमोदन गरी उक्त सम्मान अर्पण गर्ने निर्णय गरिएको समाजका उपाध्यक्ष डा. सडानन्द कँडेलले बताए ।

समाजका संरक्षक पवन आलोकका अनुसार आगामी बैशाख ९ गते काठमाडौंमा एक समारोहका बीच उक्त सम्मान अर्पण गरिनेछ ।

पाल्पा, रामपुर निवासी तिवारी आमा मौलिक लोकगीत गायन र सृजनामा सक्रिय छिन् । सामान्य लेखपढ गरेकी भएपनि समाजका विकृति र विसङ्गति विरुद्ध जुध्ने स्वभावकी उनी यस्ता कुराहरूलाई गीत, कविता तथा सिलोकमार्फत् प्रस्तुत गर्ने गर्दछिन् । तीज गीतहरूमा परदेशिएका नेपालीका पीडाहरू उजागर गर्दछिन् ।

गीतकार पुष्पा खनालले वि.सं. २०७५ सालमा आफ्नी आमाको नाममा यो सम्मानको स्थापना गरेकी हुन् । यस समानबाट अहिलेसम्म देशका विभिन्न कुनामा रहेर विविध अवरोधका बीच रहेर पनि समाज र साहित्य सेवा गरिरहेका आठजना सर्जकहरू सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया