ट्रम्प प्रशासनले गल्तीले केही युक्रेनी शरणार्थीहरूलाई तुरुन्तै अमेरिकाबाट प्रस्थान गर्नुपर्ने सूचना पठाएता पनि त्यो त्रुटिले भएको प्रशासनले पुष्टी गरेको छ ।
उक्त सूचनाले शरणार्थीहरूलाई ठूलो मानसिक पीडा पारेको छ ।बाइडेन प्रशासन अन्तर्गत अमेरिकामा प्रवेश गरेका लाखौ
युक्रेनीहरूलाई ‘यूनाइटिंग फर युक्रेन’ कार्यक्रममार्फत स्वागत गरिएको थियो। यस कार्यक्रमले विस्थापित युक्रेनीहरूलाई प्रायोजन गर्ने अवसर प्रदान गरेको थियो, जसले अस्थायी कानुनी सुरक्षा र अमेरिकामा कान गर्नै अनुमति समेत प्रदान गरेको थियो ।
गत अप्रिल ३ मा प्राप्त सूचनामा भनिएको थियो, “गृह सुरक्षा विभाग तपाईहरुको प्यारोल( बसोबास र काम गर्ने अस्थायी) अनुमति समाप्त गर्दैछ” र सात दिनभित्र यो स्थिति समाप्त हुने संकेत दिइएको थियो।
सूचनामा यदि प्राप्तकर्ताहरूले तुरुन्तै प्रस्थान नगरे भने तिनीहरूलाई कानूनी कारबाहीको सामना गर्नुपर्ने हुन्छ र यथाशीघ्र निर्वासन प्रक्रिया आरम्भ हुनेछ। साथै प्यारोल स्थिति रद्द भएपछि उनीहरूको काम गर्नै अनुमति पनि समाप्त हुने चेतावनी दिइएको थियो।
यद्यपि गृह सुरक्षा विभागले पछिल्लो विधुतिय डाक( इमेल)मा यो सूचना गल्तीले पठाइएको पुष्टि गरेको छ र शरणार्थीहरूलाई कुनै कानुनी कदम नलिइने बताएको छ ।
अव, युक्रेनी शरणार्थीहरू र उनका अभिभावकहरूलाई भविष्यमा यस्ता त्रुटिपूर्ण सूचना प्राप्त हुनबाट सावधान रहन आवश्यक भएको छ।यस घटनाले आप्रवासन नीतिमा अस्थिरता र प्रशासनिक त्रुटिहरूको जोखिमलाई उजागर गरेको छ।
प्रशासनका नीति र प्रक्रियामा पारदर्शिता र सही जानकारी प्रवाह गर्न ध्यान दिनु अत्यावश्यक भएको छ। यसले भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिने सुनिश्चित गर्न प्रशासन र सम्बन्धित निकायहरूको सुधार आवश्यकतालाई प्रमाणित गरेको छ।
प्रतिक्रिया