संयुक्त राज्य अमेरिकाको मध्य-दक्षिण र ओहायो नदी उपत्यकामा भीषण मौसम र खतराजनक आकस्मिक बाढीले ठूलो असर पारेको छ। हालसम्म कम्तिमा १० जनाको मृत्यु भएको छ र करिब १,७६,००० घरधुरीहरू विद्युतविहीन भएका छन्।
शुक्रबार टेक्सस, अर्कान्सस र मिजोरीमा एक दर्जनभन्दा बढी घुम्रपात ( टोर्नाडो) आएको थियो। अप्रिल ५ शनिबार सम्म यो विनाशकारी बाढी घट्ने एबिसीन्यूजले जनाएको छ ।
टेनेसी राज्यको मेम्फिस शहर अहिले आकस्मिक बाढीको आपतकालीन अवस्थामा रहेको छ। लिटल रक क्षेत्रमा जारी गरिएको आपतकालीन सूचना खारेज गरिएको छ, तर अन्य क्षेत्रमा अझै ठूलो बाढीको खतरा रहेको छ।
नेशनल वेदर सर्भिसले राष्ट्रिय मौशम सेवाले यो निकै खतरनाक परिस्थिति रहेको र बाढी तत्काल सुरू हुने वा भइरहेको जानकारी दिएको छ। यस्तो स्तरको सूचना आकस्मिक बाढीको लागि उच्चतम सतर्कता हो।
शुक्रबार र शनिबार भएको भीषण वर्षाका कारण टेनेसीमा ५, केन्टकीमा २, मिजोरीमा २ र इन्डियानामा १ जनाको मृत्यु भएको छ। अर्कान्समा सबैभन्दा धेरै—१,२१,००० मानिसहरू विद्युतविहीन भएका छन्।
शनिबारबाट आइतबारसम्म थप ३ देखि ६ इन्च वर्षा हुने सम्भावना छ। टेक्ससदेखि केन्टकीसम्म ठूलो आँधी, ठूलो असिना र शक्तिशाली हावाको सम्भावना रहेको छ।
दक्षिणपूर्वी राज्यहरू जस्तै जर्जिया, अलाबामा, मिसिसिपी र लुजीयानामा पनि भारी वर्षा र आकस्मिक बाढीको जोखिम कायमै छ।
प्रतिक्रिया