ट्रम्प प्रशासनको नीति र कटौतीको विरुद्धमा अमेरिकाभरि १,२०० भन्दा ज्यादा स्थानमा जुलुस प्रदर्शन

इनेप्लिज २०८१ चैत २२ गते २२:५१ मा प्रकाशित

ट्रम्प प्रशासनको नीति तथा कटौतीको विरुद्धमा अप्रिल ५ शनिबारका दिन अमेरिकाका विभिन्न शहर र साना गाउँ तथा बस्तीहरूमा हजारौं प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । सरकारी हस्तक्षेप बन्द गर को मूल नारा सहितको जुलुसले ट्रम्प प्रशासनका संघीय बजेट कटौती र नीतिहरूको कडा विरोध गरे ।

हान्ड्स अफ शीर्षक दिइएका यी विरोध प्रदर्शनहरू १,२०० भन्दा बढी स्थानहरूमा आयोजित गरिएको थियो । कैयौ शहर र गाउँहरुमा वर्षाको अतिरिक्त पनि ठूलो सहभागिता देखिएको थियो।

प्रदर्शनकारीहरूले “हाम्रो अधिकारबाट हात झिक” अथवा “सरकारी हस्तक्षेप बन्द गर” भन्ने नारा लगाउँदै संविधान, लोकतन्त्र र सामाजिक सेवा प्रणालीको संरक्षण गर्न माग गरे। उनीहरूले हातले बनाएका प्रचार सामग्रीहरू बोकेका थिए जसमा सरकारी हस्तक्षेप र अधिकार हननको आलोचना गरिएको थियो।

हाम्रो अधिकारमा हात नलाउ ,हामी नागरिक हौं ;हामी चुप लाग्दैनौं , हाम्रो स्वास्थ्य सेवा, शिक्षा, रोजगारी, र गोपनीयता कुनै पनि सरकार वा शक्तिशाली संस्थाले खोस्न पाउँदैन ,संविधान हाम्रो ढाल हो,लोकतन्त्र हाम्रो आवाज हो, अहंकारी नीतिहरूको विरोध गरौं, जनताको पक्षमा आवाज उठाऔं , लोकतन्त्र_बचाऔं लगायतका प्रचार सामग्रीहरु प्रदर्शन गरिएका थिए ।

डिसीमा सम्पन्न प्रदर्शनमा डेमोक्र्याट सांसदहरू जेमी रास्किन र म्याक्सवेल फ्रस्टले सक्रिय रूपमा भाग लिए। सांसद रास्किनले ट्रम्प प्रशासनले अपनाएका शुल्क नीति “अवैध, असंवैधानिक र मूर्खतापूर्ण” रहेको बताउँदै जनतालाई सचेत गराए। उनले भने, “हाम्रो संविधान सर्वसत्तावादीहरू’ बाट सुरु हुँदैन।”

बोस्टनका आयोजकहरूले “संघीय सरकार जनताको अधिकार, स्वास्थ्य सेवा, तथ्याँक रोजगारी र सार्वजनिक सेवा कब्जा गर्ने प्रयास गरेको आरोप लगाए ।

यसबिचमा सबै जुलुस (र्‍याली)हरू शान्तिपूर्ण रूपमा सम्पन्न भएका छन् । कुनै प्रमुख अवरोध वा पक्राउ गरिएको कुनै समाचार नआएको एबिसीन्यूजले जनाएको छ । ह्वाइट हाउसले अहिलेसम्म यसबारे कुनै टिप्पणी दिएको छैन।

प्रतिक्रिया