दुबई । सन् १९९० मा स्थापना भएको युएईकै सबैभन्दा जेठो नेपाली समाज युएईले विभिन्न रिक्त रहेको पदहरुमा पद पुर्ती गरेको छ । गएको ५ अप्रिल शनिबारका दिन दुबईस्थित पि एण्ड डि गाउंवेशी रेष्टुरेण्टको हलमा सदस्य, खेलकुद संयोजक, सांस्कृतिक संयोजक र ३३ जना सल्लाहकारहरु नियुक्ती गरेको हो ।
गत महिना १६ मार्च २०२५ आईतबारका दिन दुबईमा बसेको १६औं केन्द्रीय कार्यसमितिको तेस्रो पूर्ण बैठकबाट निर्णय गरि २०२५÷२०२७ कार्यकालका लागि नेपाली समाज यूएईको बिधान बमोजिम दफा ५५ अनुसार सर्वसम्मतिले उक्त पदहरुमा चयन गरेको छ । नियुक्ती भएका ३३ जना सल्लाहकारहरुमध्ये थोरै संख्यामा नयां रहेका छन् भने धेरै जना पूराना नै चेहरा समेटिएको छ । विगतको तुलनामा वर्तमान कार्यसमितिभित्र महिलाहरुको उल्लेखिय सहभागिता रहेको देखिन्छ । जस्मा महिलाहरुप्रति बृद्धि भएको चेतनाले नयां आयाम थपिएको पाईन्छ ।
नेपाली समाज युएईका अध्यक्ष राम मोक्तानको अध्यक्षता र महासचिव जीवन पंगेनीको संचालनसंगै परिचयत्मक कार्यक्रमबाट थालनी भएको थियो । समयको एकदमै अभावका कारण कार्यक्रम छोटो र मिठो गरिएको थियो । सो अवसरमा नवनियुक्त सल्लाहकार बिक्रम लिम्बु, मनोज श्रेष्ठ र कृष्ण ढकालले आ–आफ्ना मन्तव्य राखेका थिए । मन्तव्यको क्रममा सबैले सधै समाजको हितमा कार्य गर्ने प्रतिवद्धता समेत जाहिर गरेका छन् । अध्यक्षबाट कार्यक्रम बिसर्जन भएपछि नेपाली विभिन्न परिकारका खाना सहित रात्री भोजको व्यवस्था गरिएको थियो ।
प्रतिक्रिया