अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाले गर्यो नेपालका अग्रज पत्रकार प्रा. पुरुषोत्तम दाहाललाई सम्मान

इनेप्लिज २०८१ चैत २३ गते १:५३ मा प्रकाशित

sharethis sharing button

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाले नेपालका अग्रज पत्रकार, अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाका सल्लाहकार प्राध्यापक पुरुषोत्तम दाहाललाई सम्मान गरेको छ।

रेडियो पत्रकारिता देखि छापा पत्रकारिता सम्म, प्राध्यापन देखि सामाजिक क्षेत्र सम्म, लेखन तथा साहित्य सम्म ठुलो योगदान दिनुभएका दाहाल अहिले अमेरिका भ्रमणमा रहेका बेला वहाँ सँग भेटघाट, चियापान र वहाँका कुरा सुन्ने कार्यक्रम आयोजना गरिएको थियो अमेरिकाको भर्जिनिया मनासस शहरमा।
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाका सल्लाहकार एबम अग्रज पत्रकार, कान्तिपुर दैनिकका संस्थापक योगेश उपाध्यायले पुरुषोत्तम दाहालको पत्रकारिता इतिहास देखि वर्तमान सम्मका बारेमा चर्चा गर्दै वहाँ ले पत्रकारिताको क्षेत्रमा दिनु भएको योगदान कहिल्यै बिर्सिन नसकिने बताउनु भयो।

पत्रकार एबम पुरुषोत्तम दाहालका पत्रकारिताका शिष्य गौतम दाहालले वहाँको पत्रकारिता जीवनको बारेमा चिनारी सहित आफ्ना मन्तव्य राख्नु भएको थियो।

अग्रज पत्रकार, अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाका सल्लाहकार उपाध्याय र अध्यक्ष खनालले दाहाल लाई सम्मान गरिसके पछि बोल्दै दाहालले भन्नुभयो – आज म अमेरिकामा यसरी सम्मानित हुन पाउँदा अत्यन्त खुसी लागेको छ। आयोजकलाई धन्यवाद दिन्छु।
आफ्ना मन्तव्य राख्दै दाहालले भन्नुभयो – अमेरिकामा बस्ने नेपालीले नेपालका नेता लाई सम्मान गर्ने र आफू अपमानित हुने काम नगर्नु होला। बरु आफू पछि को दोस्रो पुस्तालाई आफ्नो भाषा संस्कृति सिकाउने काम गर्नुहोला। आफू जन्मेको माटोमा आफूले सिकेको अनुभव प्रयोग गर्न प्रेरणा दिनुहोला। वहाँ ले समसामयिक विविध विषयहरूमा पनि आफ्ना आफूलाई लागेका कुराहरू शेयर गर्नुभएको थियो।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाका अध्यक्ष राम प्रसाद खनालले पुरुषोत्तम दाहालका बारेमा बोल्दै वहाँ आफ्नो रेडियो पत्रकारिता र छापा पत्रकारिताको पनि अग्रज अभिभावक भएको बताउनुभयो। वहाँ ले नेपालका अग्रज पत्रकार जसले रेडियो पत्रकारिता देखि छापा पत्रकारिता सम्म, प्राध्यापन देखि सामाजिक क्षेत्र सम्म, लेखन तथा साहित्य सम्म ठुलो योगदान दिनुभएका अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाका सल्लाहकार प्राध्यापक पुरुषोत्तम दाहाललाई अमेरिकामा रहेका समस्त पत्रकारहरू, नेपाली समुदाय, एन आर एन का तर्फबाट सम्मान गर्न पाउँदा खुसी लागेको बताउनु भयो।

लेखक साहित्यकारहरू सिता पाण्डे, वसन्त श्रेष्ठ, प्रा गोपी उप्रेती देखि उपस्थित विश्व बन्धु प्रसाईँ हुँदै समाजका विभिन्न व्यक्तित्वहरूले हवाका बारेमा मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा वासिङ्टन डिसी मेट्रो एरियाका धेरै सङ्घ संस्थाका अगुवाहरू पनि उपस्थित हुनुहुन्थ्यो ।

सोही अवसरमा दाहाल द्वारा लिखित कृति “शान्ता” पनि वितरण गरिएको थियो भने प्रा डा गोपी उप्रेतीको कृति  प्रकृत्या सह जीबनम पनि सार्बजनिकरण  गरिएको थियो।

प्रतिक्रिया