अमेरिकी आन्तरिक राजस्व सेवा(आइआरएस)ले अर्को चरणमा २५ % कर्मचारी कटौती गर्ने योजना बनाएको छ ।
आन्तरिक राजस्व सेवाले नयाँ चरणको कटौती शुक्रबारबाट सुरु गरेको छ । सुरुवात नागरिक अधिकार तथा अनुपालन कार्यालयबाट गरिएको छ । एबिसीन्यूजका अनुसार सम्पूर्ण निकायको करिब २५% कर्मचारी कटौती गर्ने योजना अघि सारेको छ।
कर्मचारीहरुलाई पठाएको बिधुतिय पत्र (इमेल)मा उल्लेख गरिए अनुसार, “यो कार्य आइआरएसको प्राथमिकता अनुसार कार्यक्षमता र प्रभावकारिता बढाउने उद्देश्यले गरिएको हो,” र यसले “धेरै कार्यालयहरू र जागिरका वर्गहरूमा कर्मचारी कटौती गर्नेछ।” नागरिक अधिकार कार्यालय पूर्ण रूपमा बन्द गरिनेछ र बाँकी कर्मचारीहरू प्रमुख कानुनी सल्लाहकारको कार्यालयमा स्थानान्तरण गरिनेछ।
निकायले यसअघि नै करिब १८% देखि २०% कर्मचारीहरू कटौती गर्ने योजना बनाइसकेको थियो। शुक्रबार पठाइएको बि-डाक (इमेल )अनुसार, यो बर्खास्ती चरणबद्ध रूपमा लागू गरिनेछ र कर्मचारीहरूलाई प्रारम्भिक अवकाशको प्रलोभन पनि दिइनेछ।
हालै, करिब ५०सूचना प्रविधि (आइटी)सुरक्षा कर्मचारीहरूलाई प्रशासनिक अवकाशमा पठाइएको छ। ट्रम्प प्रशासनले कर दाखिला कार्यमा प्रत्यक्ष संलग्न कर्मचारीहरूलाई यो परिवर्तनले असर नगर्ने दाबी गरेको छ । यद्यपि, केही विश्लेषकहरूले कार दाखिला मौशममै यति ठूलो कटौती जोखिमपूर्ण भएको चेतावनी दिएका छन्।
यस वर्षको सुरुमा ४,००० भन्दा बढी कर्मचारीले स्वेच्छिक राजीनामा दिएका थिए भने ६,६०० परीक्षणकालीन कर्मचारीहरू बर्खास्त गरिए पनि पछि अदालतको आदेशमा पुनर्बहाली गरिएको थियो।
प्रतिक्रिया