नयाँ नेतृत्व चयन नेपाल कल्चरल सोसाइटी अफ बृटिस कोलम्बिया (NCSBC) को २६औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमले संस्थाको गौरवपूर्ण इतिहासको सम्मान गर्दै नयाँ कार्यसमिति चयन गर्दै संस्थालाई भविष्यतर्फ अघि बढाउने प्रतिबद्धता जनाएको छ। नयाँ कार्यसमिति 2025–2027 यस पटकको AGM मार्फत निम्नानुसार नयाँ कार्यसमिति चयन गरिएको छ: अध्यक्ष: राजु भट्टराई उपाध्यक्ष: कुमार खरेल महासचिव: गौरव सुवेदी कोषाध्यक्ष: पृथ्वी पुन कार्यकारिणी सदस्यहरू: प्रज्ञा भण्डारी श्रीजना सुवेदी शंकर भण्डारी विशेष अतिथिहरू: कार्यक्रममा NRNA का अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य भुवन खरेल, राष्ट्रिय समन्वय समिति सदस्य नमु चौलागाईं, तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सदस्य सुरेन्द्र उप्रेती विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। निर्वाचन समिति: स्वतन्त्र निर्वाचन समितिमा अभि शर्मा, गोविन्द क्षेत्री र सुनिता तामाङ ले पारदर्शी र निष्पक्ष चुनाव सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।
संस्थाको परिचय र इतिहास NCSBC को स्थापना सन् १९९८ मा भ्यानकुभरको स्ट्यान्ली पार्कमा केही अग्रजहरूको छलफलबाट भएको हो। यसपछि सन् १९९९ मा विधिवत् रूपमा संस्था दर्ता गरियो। संस्थाको मूल उद्देश्य क्यानडामा रहेका नेपालीहरूको सांस्कृतिक, सामाजिक, तथा भावनात्मक एकता कायम गर्नु हो। यस संस्थाले विगतमा भाषा कक्षा, संस्कृतिक कार्यक्रम, दूतावाससँगको सहकार्यमा कन्सुलर सेवा, “Learning Series” जस्ता ज्ञानमूलक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। साथसाथै, भूकम्प पीडित सहयोग, वार्षिक Picnic, Fusion Festival लगायतको सहभागिताबाट नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमा प्रवर्द्धन गर्दै आइरहेको छ। अध्यक्ष राजु भट्टराईको भनाइ: “नेपाली समाजको प्रतिनिधित्व गर्ने अवसर पाएकोमा म हृदयदेखि आभारी छु। यो व्यक्तिगत पद होइन, सामूहिक जिम्मेवारी हो। हामी सबैको साथ, सहयोग र समर्पणले NCSBC लाई अझ समावेशी, सक्रिय र भावी पुस्ताका लागि प्रेरणाको केन्द्र बनाउनेछौं।”
प्रतिक्रिया