रेखा सामाजिक सञ्जालमा एकोहोरिएको बेला हतारिएर आएकी सावित्रीले रेखालाई भ्याट सोधिन् , ए रेखा ! तँ यसरी घोपटिएर किन एकोहोरिएकी हँ ?”
एक्कासी आएको सावित्रीको आवाजले झसङ्ग हुँदै रेखाले जवाफ दिइन, ” एकोहोरिएको त होइन ! छोराहरूलाई कसरी अंशबन्डा गराउने होला भनेर सोचिरहेकी थिएँ ।”
सामाजिक सञ्जालमा मख्ख परेकी रेखाको कुरा सुनेर सावित्रीले छक्क पर्दै “ए हो र !”
” अनि सम्पत्तिको भागबन्डा यसरी मोबाइलबाटै गर्ने भयौ ? कसैलाई तनाव नहुने गजवको तरीका पो सिकायौ त !” भनी।
रेखाले मोबाइल चलाउन छोडी र भनी,
” हो त नी ! हेर म त सानो छोरोलाई मेरो फेसवुक दिन्छु, ठुलोलाई स्टाग्राम ! अनि मलाई चाहिँ व्हाटएप्स राख्छु ! जमाना बदलिँदो छ। के थाहा भोलि यो पनि नपाइन के बेर र ? आफु पनि श्रोत विहिन त हुनुभएन नि ! होइन र ? आफ्नो पहुँच भएको श्रोत र साधन नै यहि हो । “
” हँ ? के भनेकी ? “
रेखाको कुरा सावित्री छक्क परी ।
रेखाले मोबाइलमा घोप्टिएको टाउको उठाउँदै उठाइन्। रेखाको व्यवहार र कुराबाट छक्क पर्दै सावित्री सोधी चुपचाप घरतिर फर्कि ।
सीता ओझा
प्रतिक्रिया