गोलढुङ्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १२ औं स्थापना दिवस चैत २३ गते सम्पन्न भएको छ ।
काठमाडौ जिल्लाको तारकेश्वर नगरपालिका ४ स्थित सानोपुलमा रहेको आफ्नैकार्यलमा शनिबार सहकारीका शेयर सदस्य तथा नारी पेवा बचत अन्तर्गतका सदस्यहरुको उपस्थितीमा स्थापना दिवस मनाइएको छ ।
कार्यक्रममा गोलढुङ्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष शोभा आचार्यले सम्पुर्ण शेयर सदस्यहरुको संस्था प्रति उत्तिकै दायित्व भएको तथा सबै मिलेर संस्थालाई अगाडी लैजानुपर्ने बताउनुभयो ।
स्थापना दिवसकै अवसर पारेर आगामी दिनमा संस्था र संस्थाले गर्नुपर्ने कामकारवाहीको बारेमा समिक्षा र बिश्लेषण समेत गरिएको थियो ।
प्रतिक्रिया