क्यालिफोर्निया राज्यको लस एन्जलसको व्यस्त किनमेल क्षेत्रमा सानो मालबाहक गाडी (मिनीभ्यान) भिडमा घुस्दा ९ जना घाइते भएका छन् ।
लस एन्जलसमा आइतबार दिउँसो करिब ३:१५ बजे एक मिनीभ्यान(सानो माल बाहक गाडी) भिडमा घुस्दा ९ जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार ८, ११, र १७ वर्षका तीन बालक र किशोरहरूलाई अस्पताल लगिएको छ । त्यस्तै घाइते हुनेहरुमा ५४ वर्षीया महिला,६५ वर्षीया महिला, ३० वर्षीया महिला तथा २३ वर्षीया महिला रहेका छन् ।
यी चारै जनालाई सामान्य अवस्थामा अस्पताल भर्ना गरिएको छ। अन्य दुई २३ वर्षीया महिलाहरू चिकित्सकहरुको सल्लाह विपरीत उपचार नलिई घटनास्थलबाट फर्किएका छन्। लस एन्जलस अग्नी नियन्त्रणका अनुसार गाडी एउटा भत्किएको आँगनमुनि अड्किएको थियो।
लस एन्जलस प्रहरी विभागले प्रारम्भिक अनुसन्धानमा यो घटना नियोजित वा आपराधिक नभएको संकेत गरेको छ।
प्रतिक्रिया