भर्जिनियाको बुध्द मन्दिरमा १०८ बत्ती बालियो

इनेप्लिज २०८१ चैत २४ गते १:५८ मा प्रकाशित

ईनेप्लीज
वाशिंगटन डिसी
६ अप्रिल २०२५

भर्जिनियाको फेयरफ्याक्स शहर स्थित जर्ज म्यासन युनिभर्सिटी नजिकै हाईवे १२३ मा अवस्थित बुध्द मन्दिरमा नेपालीहरूले एक सय आठ १०८ बत्ती बाले ।

नेपालमा दिबंगत बुबा खगेन्द्र प्रसाद गौचनको १३ औं पुन्य तिथीको दिनमा छोरी , आफन्तहरू र साथीभाईहरूले १०८ बत्ती बालेर दिबंगत बुबाको चिरशान्तीको कामना गरे ।

बुध्द मन्दिरमा दुई जना बुध्दिस्ट मंक ( खेन्मो / लोपेन्ला आनी ) हरूले ला ….. मो …. बुध्दिस्ट मन्त्र पाठ गरेर – गरूड़ पुराण जस्तै बुध्दिस्ट पुराण पढेर दिबंगत आत्मालाई स्वर्गवासको कामना गरियो ।

अन्तरास्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ् ट्रस्टी द्वय भिम रेग्मी र बिजय रेग्मी १३ औं दिनको पुन्य तिथीमा उपस्थित थिए । यसैगरी , राजधानी वाशिंगटन डिसी क्षेत्रको तामॉग समाज तामॉग सोशाईटी अफ् ग्रेटर वाशिंगटनका पूर्ब अध्यक्ष उत्तर लामा र सॉस्कृतिक-सचिब ईश्वर तामॉग पनि सहभागी थिए । नर्थ अमेरिकाको जेठो संस्था अमेरिका नेपाल सोशाईटी ( १९६७ ) वाशिंगटन डिसीका पूर्ब अध्यक्ष खेम भट्टचनले थकाली संस्कार बमोजिम् सबैलाई “ च्हो “ बितरण गरेका थिए ।

नेपालका बरिस्ठ प्राध्यापक डा० बिरेन्द्र कुमार भट्टचनले पनी १०८ बत्ती बाले । यसैगरी , अमेरिकाको बाल्टिमोर स्थित मोर्गन स्टेट युनिभर्सिटीका प्रोफ़ेशर डा० समेन्द्र शेरचन लगायत भर्जिनिया , म्यारिल्याण्ड राज्यहरूमा बसोबास गर्ने थकाली समुदायले १३ औं पुण्य तिथीमा १०८ बत्ती बालेर मृतात्माको स्वर्गबासको कामना गरे ।

बुध्द धर्ममा कामना / ढोग गर्ने तरिका – भुँई मा घोप्टो परेर लम्पसार पर्दै उठेर ढोग गर्दै …….. फेरी भुंई मा लम्पसार पर्दै उठेर ढोग गर्दै १०८ पटक ढोग गरेर मृतात्माको स्वर्गबासको कामना गर्ने “ छ्या प् पूजी “ गर्ने तरिका थकाली युवाहरूलाई प्रोफ़ेशर डा० बिरेन्द्र कुमार भट्टचनले सिकाउंदै मृतात्माको स्वर्गबासको कामना गरियो ।

प्रतिक्रिया