म्यासाचुसेट्सको क्याम्ब्रिजस्थित हार्वड विश्वविद्यालयका तीन विद्यार्थी र दुई जना भर्खर स्नातक भएकाहरूको छात्र भिसा ( प्रवेशाज्ञा)खारेज गरिएको विश्वविद्यालयले आइतबार पुष्टि गरेको छ।
हार्वर्डले एक विज्ञप्तिमा भनेको छ, “पछिल्ला तीन दिनमा हार्वर्ड अन्तरराष्ट्रिय कार्यालयले तीन जना विद्यार्थी र दुई जना हालै स्नातक भएकाहरूको भिसा ( प्रवेशाज्ञा)खारेज भएको जानकारी प्राप्त गरेको छ।
विश्वविद्यालयले यो जानकारी नियमित कागजात समीक्षा प्रक्रियामा पाएको हो एचआइओले सम्बन्धित विद्यार्थीहरूलाई प्रवेशाज्ञा खारेज भएको जानकारी दिई कानुनी सहयोगको सिफारिस गरेको छ।
प्रवेशाज्ञा किन खारेज गरिएको भन्ने कारण भने सार्वजनिक गरिएको छैन।
हार्वर्डले भनेको छ, “हामी भिसा खारेजीको विस्तृत जानकारी वा कारणहरूबारे जानकार छैनौं, तर हामी बुझ्दछौं कि देशभरका अन्य शैक्षिक संस्थाहरूका विद्यार्थी र शोधकर्ताहरूले पनि यस्तै समय अवधिमा यस्तै प्रकृतिका प्रवेशाज्ञा समस्याहरूको सामना गरिरहेका छन्।”
विद्यार्थीहरूको गोपनीयताको कारण विश्वविद्यालयले उनीहरूको नाम सार्वजनिक गरेको छैन। साथै, विश्वविद्यालयले प्रवेशाज्ञा खारेजबारे कुनै प्रत्यक्ष सूचना नपाएको पनि बताइएको छ।
प्रतिक्रिया