चीनले भोलिसम्म आफ्नो भन्सार कर नहटाए थप ५०% शुल्क लगाइने: राष्ट्रपति ट्रम्प

इनेप्लिज २०८१ चैत २४ गते १६:५५ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि चीनले अमेरिकामाथि गत हप्तादेखि घोषणा गरेको ३४% भन्सार कर फिर्ता नलिएमा उनले चीनमाथि थप ५०% भन्सार कर लगाउने चेतावनी दिएका छन्।

चीनले ट्रम्पले घोषणा गरेको “मुक्ति दिवस” का दिन भन्सार नीतिको जवाफस्वरूप ती कदमहरू सार्वजनिक गरेको हो।

चीनले ३४% को प्रतिशोधात्मक भन्सार कर लागू गर्‍यो, जुन उनीहरूको पहिलेदेखिको अभिलेख ( रेकर्ड)बनाउने भन्सार कर, गैर-आर्थिक अवरोध, र दीर्घकालीन मुद्रा हेरफेरमा थपिएको हो। 

मैले पहिल्यै चेतावनी दिदै जुनसुकै देशले अमेरिकाविरुद्ध अतिरिक्त भन्सार कर लगाएर बदला लिन्छ, तिनीहरूलाई तुरुन्तै अझ उच्च भन्सार कर सामना गर्नुपर्नेछ,” ट्रम्पले सामाजिक सॅजालमा लेखे।

ट्रम्पले अगाडी लेखे, “यसैले, यदि चीनले आफ्नो ३४% को वृद्धि जुन उनीहरूको पहिलेका दीर्घकालीन व्यापारिक दुरुपयोगहरूमाथि थपिएको हो, भोलि अप्रिल ८, २०२५ भित्र फिर्ता लिएन भने संयुक्त राज्य अमेरिकाले अप्रिल ९ बाट चीनमाथि थप ५०% भन्सार कर लागू गर्नेछ। साथै चीनसँगका सबै वार्ताहरू तत्काल अन्त्य गरिनेछन्। अन्य देशहरूसँग वार्ता सुरु गरिनेछ। तपाईहरुको  ध्यानाकर्षणको लागि धन्यवाद!”

प्रतिक्रिया