मेरील्याण्डका नागरिकलाई गलत रूपमा निर्वासित गरेपछि सर्वोच्च अदालतमा ट्रम्प प्रशासनको हस्तक्षेपको आग्रह

इनेप्लिज २०८१ चैत २४ गते १८:४२ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सोमबार सर्वोच्च अदालतलाई एक मेरील्याण्डका पुरुषको मुद्दामा हस्तक्षेप गर्न अनुरोध गरेको छ । जसलाई गत महिना गल्तीले पक्राउ गरी एल साल्भाडोर निर्वासित गरिएको थियो।

न्याय विभागले किल्मार आर्मान्डो अब्रेगो गार्सियालाई अमेरिका फिर्ता गर्न अदालतले तोकेको राति ११:५९ को म्यादअघि आपतकालीन राहतको लागि सर्वोच्च अदालतमा निवेदन दिएको हो। अब्रेगो गार्सियालाई सन् २०१९ को एक सुरक्षा आदेशको अतिरिक्त मार्च १५ मा एल साल्भाडोरको कारागारमा पठाइएको थियो, जुन आदेशले उनलाई निर्वासनबाट जोगाउनुपर्ने थियो।

ट्रम्प प्रशासनले अहिले जिल्ला अदालतको उक्त आदेशलाई रोक्न सर्वोच्च अदालतसँग माग गरेको छ । प्रशासनले यो आदेशले अमेरिकालाई असफल बनाउँछ किनकि एल साल्भाडोरलाई कुनै संघीय न्यायाधीशको आदेश पालना गर्न बाध्य पार्न सकिँदैन भनि दावी गरेको छ ।

गार्सियाको निर्वासन ‘प्रशासनिक त्रुटि’ र ‘दुर्घटनावश’ भएको भन्दै ट्रम्प प्रशासनले अदालतमा स्वीकार गरेपछि यो मुद्दा व्यापक ध्यानको केन्द्र बनेको हो। २९ वर्षीय अब्रेगोलाई सयौँ व्यक्तिहरूसँगै कुख्यात सेल्वाडोरियन कारागारमा पठाइएको थियो।

यस मुद्दासँगै ट्रम्प प्रशासनले युद्धकालीन विदेशी शत्रु ऐन प्रयोग गरी भेनेजुएलाका गिरोह सदस्यहरूलाई एल साल्भाडोर पठाउने प्रयाससमेत गरिरहेको छ, जसबारे सर्वोच्च अदालतमा छुट्टै मुद्दा विचाराधीन छ।

प्रतिक्रिया