अमेरिकी सर्वोच्च अदालतका प्रमुख न्यायाधीश जोन रोवर्ट्सले सोमबार रातिको समयसीमा रोकी दिएका छन्। ट्रम्प प्रशासनलाई राहत मिलेको छ ।
जसअनुसार ट्रम्प प्रशासनले किलमर अब्रेगो गार्सियालाई एल साल्भाडोरको कुख्यात जेलबाट फर्काउनुपर्ने थियो। गार्सिया मेरील्याण्ड निवासी हुन् र उनलाई गल्तीले देश निकाला गरिएको थियो, जसमा प्रशासनले पनि स्वीकार गरिसकेको छ।
जिल्ला न्यायाधीश पाउला जिनिसले उनलाई फर्काउन सोमबार मध्यरातको समयसीमा तोकेकी थिइन्। तर न्याय विभागले सर्वोच्च अदालतमा आपतकालीन अपिल गर्दै सो आदेशलाई गैरकानुनी भनेको थियो ।
त्यसैबीच, चौथो अपिल अदालतले ट्रम्प प्रशासनको माग अस्वीकार गर्दै गार्सियाको पक्षमा निर्णय दिएको छ। तीन न्यायाधीशहरूको संयुक्त फैसलामा भनिएको छ, “संयुक्त राज्य सरकारसँग कुनै व्यक्तिलाई बिना प्रक्रिया सडकबाट उठाएर देशनिकाला गर्ने कानुनी अधिकार छैन।”
गार्सियाको वकिललाई मंगलबार बेलुका ५ बजेभित्र सर्वोच्च अदालतमा जवाफ दिन आदेश दिइएको छ।
प्रतिक्रिया