अध्यावधिक गरिएको : बानाको अध्यक्ष पदमा जितेन्द्र गुरुङ सहित पुरै टोली बिजयी

इनेप्लिज २०८१ चैत २४ गते २३:४५ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा सन् २००५ मा स्थापना भएको अमेरिकामा नेपाली समुदायकै सर्वाधिक क्रियाशील मध्ये कै शीर्ष मध्ये कै एक बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (बाना) को नयाँ कार्यसमितिको अध्यक्ष पदमा जितेन्द्र गुरुङ बिजयी भएका छन्। उनको पुरै टोली बिजयी भएको छ ।

उनले कूल ११६१ मत ल्याई बिजयी भएका छन्। उनले आफ्ना दुई प्रतिद्वन्दी लक्ष्मी भारती र कोशिश भण्डारीलाई हराउदै २०२५-२०२८ को लागि नेतृत्व लिने भएका छन्। मतगणना अनुसार लक्ष्मी भारतीले ५६१ तथा कोशिश भण्डारीले ९५५ मत प्राप्त गरेका छन् ।

गुरुङ तथा उनको टोलीले चुनावी मैदानमा आफ्ना योजना, कार्यक्रम र दृष्टिकोणहरु बनाएका थिए । जस मध्ये पारदर्शिता, उत्तरदायित्व र समावेशी नेतृत्व, युवादेखि वरिष्ठ नागरिकसम्मका लागि कार्यक्रम, नेपाली भाषा, संस्कृति र व्यवसाय प्रवर्द्धन, बाना भवनको स्तरोन्नति सरकारी तथा कूटनीतिक सहकार्य सहितको ३ – वर्षे योजना र वार्षिक पात्रो समेत ल्याएका थिए ।

वरिष्ठ उपाध्यक्ष जनक बहादुर थापा ,उपाध्यक्षमा बृजेश महर्जन तथा महासचिव सालिन बस्नेत निर्वाचित भएका छन् ।

यसै गरि सचिवमा सुशील खत्री तथा कोषाध्यक्षमा सञ्जु डंगोल बिजयी भएका छन् । तर संचालक समितिमा केही सदस्यहरु अन्य समूहबाट पनि बिजयी भएका छन् । संचालक समिति सदस्यहरुमा (बोर्ड अफ डाइरेक्टर्स )भुपेश जंग शाही ,सोनीका चुनारा ,अर्जुन छेत्री ,हृदय केसी, डा कृष्ण बिष्ट ,प्रविन लामा, लक्ष्मी राम शाह तथा राजु सुबेदी बिजयी भएका छन् ।

मेरिल्याण्ड राज्यको छाता संगठन बानामा ४ हजार ८ सय ३ जना मतदाता रहेका छन् । यो २०२५-२०२८ को नेतृत्वको लागि तीन समूह चुनावी मैदानमा रहेका थिए ।

अध्यक्षका उम्मेदवारहरु क्रमस जितेन्द्र गुरुङ,कोशिश भण्डारी र लक्ष्मी भारतीका समूहहरुले बिभिन्न पदहरुमा आफ्नो समूहबाट उम्मेद्वारी दिएका थिए ।

गत अप्रिल ६ आइतबार बिहान ८ बजे देखि मतदान सकिएको निर्वाचन करिव नतिजा निकाल्न २४ घण्टा लागेको छ । ३ बर्ष अगाडी सुबोध पन्त निर्वाचित हुँदा पनि अर्को दिनको बिहान २-३ बजेको थियो । यस पटक करिव ५ हजार सदस्यहरु भएकोले समय ज्यादै लागेको छ ।

अत्यन्तै विवादरहित सम्पन्न यो निर्वाचनमा स्वयम् सेवकहरुको अद्वितीय खटाई र समर्पण देखियो । स्वयम सेवक तथा उम्मेदवारहरु बिहान ८ बजे मतदान सुरु हुनु अगाडी कम्तिमा पनि २-३ घण्टा अगाडी उठेर आई अर्को दिन सम्म बिहान ७ बजे सम्म करिव २४ घण्टा संस्थालाई आफ्नो समय खर्च गरे ।

गुरुङ बिजयी हुँदा रातभर निर्वाचनको परिणामको लागि मतदाता ,समर्थक ,निर्वाचन समितिका पदाधिकारी ,बानाका पदाधिकारीहरु अहोरात्र मतदान केन्द्रमा प्रतिक्षारत थिए । बानाको निर्वाचनले नेपालको गाउँ पालिका तथा वडा कार्यालयको निर्वाचन झैँ झझल्को ल्याएको सबैले स्मरण गरे ।

प्रतिक्रिया