झन्डै ७० देशले अमेरिकी शुल्कबारे छलफलको पहल गरे: अमेरिकी अर्थ सचिव

इनेप्लिज २०८१ चैत २५ गते ०:१९ मा प्रकाशित

अमेरिकी अर्थ सचिव (ट्रेजरी सेक्रटरी ) स्कट बेसेन्टले झन्डै ७० देशले अमेरिकी शुल्कबारे छलफलको पहल गरेको बताए । उनले फक्सन्यूजलाई हालसम्म करिव ७० वटा देशले अमेरिकी भन्सार शुल्कबारे संवादको पहल गरेको बताए ।

उनले अप्रिल २ मा विभिन्न कार्यक्रममा सल्लाह दिँदै शान्त रहन आग्रह गरेको बेसेन्टले भने।

जापानसँगको वार्ताबारे टिप्पणी गर्दै बेसेन्टले भने, राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार जापानी प्रधानमन्त्री शिगेरु इशिबासँग दूरवार्तापछि, उनले (बेसेन्ट) र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरलाई वार्ताको नेतृत्व गर्न भनेका छन्।

“जापान हाम्रो महत्वपूर्ण सैनिक साझेदार हो। उनीहरू आर्थिक हिसाबले पनि निकै महत्वपूर्ण छन्, र अमेरिकासँग पुरानो सम्बन्ध छ। त्यसैले मलाई लाग्छ जापानलाई प्राथमिकता दिइनेछ,” उनले भने।

राष्ट्रपति ट्रम्पले फेरि पनि आफूलाई वार्ताको उच्चतम लाभ उठाउने स्थिति बनाएका छन्, र त्यही समयमा वार्ताको ढोका खोल्न चाहेका छन्।”

प्रतिक्रिया