ट्रम्पको शुल्कको कारण एप्पलको तीन दिनको बजार मूल्य घाटा ६४० बिलियन डलर पुग्यो

इनेप्लिज २०८१ चैत २५ गते ०:४१ मा प्रकाशित

एप्पल कम्पनी व्यापार युद्धको सबैभन्दा ठूलो चपेटामा परेको प्रतिष्ठान मध्ये एक हो । यसको मुख्य कारण भनेको चीनप्रतिको निर्भरता हो, जहाँ अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ५४% शुल्क लागू भइरहेको छ।

व्यापक बजार सोमबार केही स्थिर देखिए पनि एप्पलको सेयरमा भारी गिरावट जारी रह्यो। कम्पनीको सेयर मूल्य ३.७% ले घट्दा तीन दिनको अवधिमा कुल १९% ले घटेको छ ।

हालैको तीन दिनको सेयर मूल्य गिरावटले एप्पलको बजार पूँजीकरण (मार्केट क्याप) बाट झण्डै ६३८ बिलियन डलर नष्ट भएको छ। सोमबार अरु धेरै सेयरहरू केही स्थिर देखिए पनि एप्पलको सेयर(अंश/भाग )फेरि ३.७% ले घट्यो। लगानीकर्ताहरूमा ट्रम्पको भन्सार शुल्कले एप्पललाई गम्भीर असर पार्ने चिन्ता बढिरहेको छ।

यद्यपि एप्पलले भारत, भियतनाम र थाइल्यान्डमा पनि उत्पादन गर्ने गर्छ, ती देशहरू पनि राष्ट्रपति ट्रम्पको व्यापक शुल्क योजनाको दायरामा परेका छन्। त्यसैले एप्पलले उत्पादनको लागत बढ्ने जोखिम भोग्नुपर्नेछ।

प्रविधि क्षेत्रका ठूला ७ प्रतिष्ठानहरूमध्ये सोमबार घट्नेमा एप्पल, माइक्रोसफ्ट र टेस्ला मात्रै थिए। नास्डाक सूचकांक सोमबार थोरै मात्र उकालो लाग्यो, गत हप्ता १०% ले गिरावट आएको थियो । पछिल्ला पाँच वर्षकै सबैभन्दा खराब साता रह्यो ।

विश्लेषकहरूका अनुसार एप्पलको सबैभन्दा महँगो आइफोन(घुम्ती संचार यन्त्र )को मूल्य लगभग ३५० डलर (३०%) ले बढ्न सक्छ। यदि मूल्य नबढाइएमा एप्पलको प्रति सेयर आम्दानीमा १५% गिरावट आउन सक्छ।

प्रतिक्रिया