राजतन्त्र स्वीकार गर्न सकिँदैन प्रधानमन्त्री केपी शर्मा ओली

इनेप्लिज २०८१ चैत २५ गते १०:३८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नमन्त्री केपी शर्मा ओलीले अहिलेको लोकतान्त्रिक गणतन्त्र नै देशको वर्तमान र भविष्य भएको भन्दै अब राजतन्त्र स्वीकार नहुने स्पष्ट पारेका छन् । आज (मंगलबार) मधेश प्रदेशसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजा ल्याउने नाममा भएका तोडफोडको विरोध गर्दै सरकारले कडा कदम चाल्ने पनि चेतावनी दिए । उनले राजावादी आन्दोलनलाई वितण्डको संज्ञा दिए ।

उनले भने,‘वितण्डा मच्चाएर परिवर्तन ल्याउँछौँ भनेर २–४ हजार मान्छेहरूको बितण्डा गरिएको छ, यस्ता कुरालाई समाजले ग्रहण गर्दैन । यो कुनै मानेमा स्वीकार्य हुँदैन । यो अत्यन्तै गलत क्रियाकलाप हो । जोसुकै भएपनि कानूनी कारवाहीको दायरामा आउँछ । यो सरकारले कसैले आग्रह पूर्वाग्रह राखेर कारवाही गर्दैन ।’

प्रधानमन्त्री ओलीले तिनकुने घट्नामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याएरै छोड्ने उद्घोष गरे । राजावादीहरुको आन्दोलन शान्तिपूर्ण थियो भन्दै गलत प्रचार गरिएकोमा पनि उनले आपत्ति जनाए थप भिडियो बाट

बेद प्रसाद घिमिरे

प्रतिक्रिया