सर्वोच्च अदालतको ऐतिहासिक समर्थन: ट्रम्प प्रशासनलाई संघीय कर्मचारी पुनर्बहाली मुद्दामा राहत

इनेप्लिज २०८१ चैत २५ गते १६:५३ मा प्रकाशित

संविधान संरचनामाथिको “निरन्तर आक्रमण” रोक्न आग्रह गर्दै ट्रम्प प्रशासनले दायर गरेको आपतकालीन निवेदनमा अमेरिकी सर्वोच्च अदालतले मंगलवार प्रशासनको पक्षमा फैसला गरेको छ। 

यो निर्णय सोमवारको ५-४ को विदेशी शत्रु ऐन(एलियन इनिमीज एक्ट) सम्बन्धी फैसलापछि लगातार दोस्रो दिन ट्रम्प प्रशासनले जित हात पारेको हो।

यो पछिल्लो मुद्दा करिब १६,००० संघीय कर्मचारीहरूको पुनर्बहाली गर्न क्यालिफोर्नियाको एक जिल्ला अदालतले दिएको आदेशलाई रोक्ने सम्बन्धमा थियो। अदालतले आदेशमा भनेको छ, “जिल्ला अदालतको अन्तरिम आदेश नौ वटा गैरनाफामूलक संस्थाहरूको दाबीमात्रैमा आधारित थियो। तर प्रचलित कानून अनुसार, ती संस्थाहरूको दाबीले हाललाई कानुनी हैसियत पुष्टि गर्न सक्दैन।”

यो निर्णयमा न्यायाधीश सोनिया सोतोमयोर र केतान्जी ब्राउन ज्याक्सनले असहमति जनाएका छन्।

सोमवारको आप्रवासनसम्बन्धी मुद्दामा पनि सोतोमयोर, ज्याक्सन, एलिना केगन र ट्रम्पले नियुक्त गरेकी न्यायाधीश एमी कोनी बेरेटले प्रशासनलाई राहत दिन असहमति जनाएका थिए।

ट्रम्प प्रशासनका अधिकारीहरूले अदालतको निर्णयलाई संवैधानिक संरचनाको रक्षाका लागि महत्वपूर्ण विजयको रूपमा स्वागत गरेका छन्।

प्रतिक्रिया