बेलायतको शाही सुरक्षा हटाइएको विषयमा राजकुमार ह्यारीमाथि अन्यायपूर्ण र घटिया व्यवहार भएको उनको वकिलले अदालतमा दाबी गरेका छन्।
अदालतमा दुर्लभ उपस्थिति जनाउँदै ह्यारीले यो मुद्दालाई आफूले गम्भीर रूपमा लिएको देखाएका छन्। सन् २०२० मा बेलायती शाही कर्तव्यबाट अलग भइ अमेरिका सरेपछि उनलाई सरकारी सुरक्षा सुविधा बन्द गरिएको थियो। अहिले उनी पत्नी मेगन र छोराछोरीसहित क्यालिफोर्नियामा बस्दै आएका छन्।
गत वर्ष उच्च अदालतले सरकारको निर्णय गैरकानुनी नभएको ठहर गरेको थियो। तर ह्यारीका वकिल शाहिद फातिमाले सुरक्षा मूल्यांकन समितिले आफ्नो प्रक्रिया नअपनाएको र जोखिम मूल्यांकन नगरेको आरोप लगाइन्।
सरकारका वकिल जेम्स ईडीले ह्यारीको दावी गलत व्याख्यामा आधारित रहेको बताए। अदालतको कारवाही केही समय गोप्य रूपमा पनि गरिएको थियो, जहाँ संवेदनशील सुरक्षा विवरण छलफल गरियो।
ह्यारी, राजा चार्ल्स तृतियका कान्छा छोरा, शाही परम्पराविपरीत सरकार र सॅचारमाध्यमलाई अदालतमा लैजाने पहिलो व्यक्ति हुन्। पछिल्लो दुई वर्षमा केही मात्र अदालतमा देखिएका ह्यारीले यस मुद्दामा उपस्थिति देखाउँदै गम्भीर सुरक्षा चिन्ता व्यक्त गरेका छन्।
उनका वकिलले अदालतमा बताए अनुसार, सरकारी सुरक्षाबाट वञ्चित भएपछि ह्यारी दुई गम्भीर सुरक्षा खतरामा परेका थिए।
एकपटक अल-कायदाले उनको हत्या इस्लामको पक्षमा हुने दावी गरेको थियो भने अर्कोपटक न्यूयोर्कमा उनी र मेगनलाई पत्रकारले खतरनाक रूपमा पछ्याएका थिए।
उनले बेलायतमा निजी रूपमा प्रहरी सुरक्षा खर्च गर्न पाउने अनुमति मागेको अर्को मुद्दा पनि हारिसकेका छन्।
तर सन् २०२३ माडेली मिरर विरुद्धको मुद्दामा उनले ठूलो जित हासिल गरेका थिए ।
हाल उनी डेली मिरर प्रकाशकविरुद्ध पनि गोपनीयता उल्लंघनसम्बन्धी मुद्दा लडिरहेका छन्।
प्रतिक्रिया