दुबई । बैदेशिक रोजगारीको शिलशिलामा प्रदेशको भूमिमा रहेर आफ्नो घर परिवारको सुख र सुविधा सम्पन्न गर्नलाई हरेक व्यक्तिले मेहनत गरेर पसिना बगाउनु सामान्य कुरा हो । तर, ड्यूटीबाट बचेको समयलाई सदुपयोग गर्दै निस्वार्थ भावले समाजसेवामा खर्च गर्नु यो एउटा महान कार्यको रुपमा लिन पर्दछ । किन कि कुनै पनि सामाजिक कार्यमा संग्लन भएपछि केहि पाउनु भन्दा पनि केहि दिन्छु भनेर लागेको हुन्छ । सार्वजनिक बिदा भएको दिन घरमै बसेर आराम गर्न मन कस्को हुदैन र ? आफ्नो आराम गर्ने समय र चिया नास्ता खाने पैसा सामाजिक कार्यमा लगानी गरेर उद्धार गरेको धेरै उदाहरण रहेका छन् । युएईको सन्दर्भमा हेर्ने हो भने धेरै संघ संस्थाहरु क्रियाशिल रहेको देखिन्छ । सबै संघ संस्थाहरु आ–आफ्नो धार्मिक, चाड पर्व, खेलकुद, संस्कृति बचाउनुका साथ प्रवासमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आई पर्ने विभिन्न समस्याहरुको समाधानको उद्देश्यले स्थापना गरेका पाईन्छ ।
“एक्काईसौं शताब्दीको आवश्यकता सीप र ज्ञान, युएईको माटो सुहाउंदो पाल्पालीहरुको अभियान भन्ने मूल नाराका साथ पाल्पालीवासीहरुलाई एक सुत्रमा बाध्ने अभियानका साथ सन् २०१४ मा स्थापना भएको पाल्पाली समाज युएई अहिले ११ बर्षको कलिलो उमेरमा उभिएको भेटिन्छ । यो समाजमा संस्थापक तथा प्रथम अध्यक्षको रुपमा खुम आले मगरले प्रवेश गरेको थियो भने दोस्रो अध्यक्षको जिम्मेवारी बेदप्रसाद अर्यालको भागमा परेको थियो । त्यसैगरी तेस्रो अध्यक्ष ओमकुमारी खांणको कार्यकाल सकिएपछि चौंथो कार्यसमिति चयन गर्नका लागि गएको ०६ अप्रिल २०२५ आईतबारका दिन दुबईस्थित सिल्भर स्पून रेष्टुरेण्टको हलमा विविध सांगीतिक माहौलमा चौथो महाधिवेशन भव्य रुपले सम्पन्न गरेको छ ।
नयां कार्यसमिति चयन गर्नका लागि कृष्णप्रसाद आचार्यको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति समेत बनेको थियो । निर्वाचन संयोजक कृष्णप्रसाद आचार्य, निर्वाचन उपसंयोजक खुम आले मगर, सदस्यहरुमा बेदप्रसाद अर्याल, बरुण खनाल, माधवप्रसाद गैरे, श्रीधर बस्याल र शारदाप्रसाद भट्टराई रहेको निर्वाचन समितिले २०२५ र २०२७ दुई बर्षे कार्यकालका लागि कैलाश अर्यालको अध्यक्षतामा २६ सदस्यीय नयां कार्यसमिति चयन गरेका छन् ।
जस्मा क्रमशः अध्यक्षमा कैलाश अर्याल, वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद तिमिल्सिना, प्रथम उपाध्यक्षमा गुमबहादुर राम्जाली, उपाध्यक्षमा टंक परियार, उपाध्यक्षमा राजु बस्याल, महिला उपाध्यक्षमा सीता बस्याल, महासचिवमा खुमप्रसाद न्यौपाने, सचिवमा तिलकराम बस्याल, सचिवमा दिनानाथ गैरे (राजा बगर), कोषाध्यक्षमा डिल्लीराज भट्टराई, सह–कोषाध्यक्षमा सन्तोष न्यौपाने, प्रवक्तामा पिताम्बर सुवेदी, युवा संयोजकमा लोकेश ठकुरी, खेलकुद संयोजकमा राजेश गैरे रहेका छन् भने अन्य सदस्यहरुमा कालिदास बस्याल, जीवन न्यौपाने, हिरानाथ घिमिरे, लक्ष्मी परियार, जीवन बस्याल, पदमप्रसाद गैरे, रामचन्द्र ढकाल, बिकास परियार, अमरबहादुर कार्की, कामना पाठक, हिरा कुमाल र सुनिता न्यौपाने चुनिएका छन् ।
सांगीतिक माहौललाई तताउनका लागि दुई जना स्थानीय कलाकारहरु उपस्थित भएका थिए । दुबईमा ख्याति कमाएका लोक गायक सरोज थापा मगरले पंञ्चेबाजाको गीतमा सबैलाई खुबै नचाए । उनको प्रस्तुतिले दर्शकका साथ अथितिहरु पनि नाच्नमा घुईरो लागेको थियो । दुबईमा हुने हरेक भजन कृर्तन र लोक गायिका कल्पना सिग्देलको राम्रो प्रस्तुति रहेको थियो । हलको चिसो मौसमलाई नचाएर तताई दिएको थिईन् ।
महासचिव खुमप्रसाद न्यौपानेको संचालन र दीयो प्रज्योलन लगत्तै नेपाली राष्ट्रिय गानसंगै भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाली समाज युएईका अध्यक्ष राम मोक्तान रहेका थिए भने कार्यक्रमको अध्यक्षता पाल्पाली समाज युएईकी ओमकुमारी खांणले गरेकी थिईन् । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी र पत्रकारहरु रहेका थिए ।
प्रतिक्रिया