गणतन्त्रवादी नेताहरूले आफू बस्ने जेल बनाए हुन्छ :राजेन्द्र लिङदेन

इनेप्लिज २०८१ चैत २५ गते २३:०४ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा चाहिन्छ भनेकै कारण सरकारले मानिसहरुलाई थुन्ने हो भने आफूहरु लाखौंको संख्यामा थुनिन तयार रहेको बताएका छन् । आज (मंगलबार) बल्खुमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले सरकारले राजा चाहिन्छ भनेकै भरमा थुन्ने हो भने आफूहरुको लागि जेल खाली गरिराख्न आग्रह गरे । अध्यक्ष लिङ्देनले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चाइरहेका नेताहरुको बारेमा पनि आफूहरुले राम्रोसँग हेरिरहेको बताए । उनले गणतन्त्रवादी नेताहरुलाई आफ्नो लागि पनि राम्रो जेल बनाएर राख्न सुझाव दिए । अध्यक्ष लिङ्दनेले त्यो दिन आउने ठोकुवा गरे ।

‘राजा चाहिन्छ भनेको कारण मानिसहरुलाई थुन्ने हो भने हामी लाखौं मानिसहरु थुनिन तयार छौं । जेल खाली गर्नुस् हाम्रा लागि । तर, यो संगसँगै याद राख्नुस्, तपाईँहरुले देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा तपाईँहरुले देशमा जुन प्रकारको लुटतन्त्र मच्चाएर राख्नुभएको छ, त्यसलाई हामीले राम्रोसँग हेरेका छौं । तपाईँहरु आफू बस्ने जेल पनि राम्रो बनाएर राख्नुस् । आउँछ, त्यो दिन आउँछ,उनले भने : थिप भिडियोमा

बेद प्रसाद घिमिरे

प्रतिक्रिया