अमेरिकी आन्तरिक सुरक्षा विभाग (डिएचएस) ले “सिबिपी वान ” एप (अनुप्रयोग )प्रयोग गरेर परोल स्टाटस (अस्थायी प्रवेश अनुमति )प्राप्त गरेका करिब ९ लाख आप्रवासीहरूको परोल अधिकार खारेज गरेको छ। यो निर्णयसँगै ती आप्रवासीहरू अब अमेरिका छाड्नुपर्ने वा निर्वासनको जोखिममा परेका छन्।
परोल स्टाटस भनेको गृहदेशमा असहज परिस्थितिका कारण व्यक्तिलाई दुई वर्षका लागि अमेरिका बस्न दिइने अस्थायी स्वीकृति हो। बाइडेन प्रशासनले सीमित र कानुनी आप्रवासन सुनिश्चित गर्नका लागि सिबीपी वान एप(अनुप्रयोग) प्रयो गमार्फत परोल प्रणाली ल्याएको थियो।
तर डिएचएस अर्थात् अमेरिकी गृह बिभागका एक वरिष्ठ प्रवक्ताले आरोप लगाउँदै भने, “बाइडेन प्रशासनले परोल अधिकारको दुरुपयोग गर्दै लाखौं अवैध आप्रवासीलाई अमेरिका प्रवेश गर्न दियो, जसले अमेरिकाको इतिहासमै सबैभन्दा खराब सीमा संकटलाई निम्त्यायो।”
डिएचएसले सम्बन्धित व्यक्तिहरूलाई बिधुतिय डाक (इमेल)मार्फत जानकारी दिँदै उनीहरूको परोल रद्द भएको बताएको छ र ‘स्व-निर्वासन’ (सेल्फ डिपोर्टेसन )गर्न आग्रह गरेको छ। यद्यपि अपरेसन एलाइज वेलकम तथा युनाइटिंग फर युक्रेन अन्तर्गत रहेका परोलीहरूलाई भने यो निर्णयले असर नगर्ने एबिसीन्यूजले जनाएको छ ।
यस कदमले बाइडेन प्रशासनको आप्रवासन नीतिप्रति ठूलो आलोचना र बहस जन्माएको छ ।
प्रतिक्रिया