ट्रम्पद्वारा नियुक्त न्यायाधीशद्वारा ह्वाइट हाउसमा एसोसिएटेड प्रेसलाई पहुँच पुनःस्थापित गर्न आदेश

इनेप्लिज २०८१ चैत २६ गते ०:०५ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका संघीय न्यायाधीश ट्रेभर म्याकफ्याडेनले एसोसिएटेड प्रेस (एपी) लाई ह्वाइट हाउसको ओभल कार्यालय,राष्ट्रपतिको बिमान लगायतमा पहुँच पुनःस्थापित गर्न आदेश दिएका छन् ।

४१ पृष्ठ लामो निर्णयमा न्यायाधीश म्याकफ्याडेनले भने, “एपीलाई ओभल कार्यलयमा प्रवेश गर्ने संवैधानिक अधिकार नभए पनि आफ्नो दृष्टिकोणका कारण निष्कासन हुनु असंवैधानिक हो।”

उनले थपे, “सरकार यस विषयमा निर्लज्ज देखिएको छ। राष्ट्रपति ट्रम्पले ‘गल्फ अफ मेक्सिको’ भन्ने शब्दको सट्टा ‘गल्फ अफ अमेरिका’ प्रयोग गर्नुपर्ने आफ्नो आपत्ति प्रष्ट रूपमा व्यक्त गरेका थिए।”

न्यायाधीशले उल्लेख गरेअनुसार, सरकारसँग एपीको पहुँच हटाउनुका लागि कुनै विश्वसनीय कारण छैन । यसले “दृष्टिकोणको आधारमा विभेद” गरेको देखिन्छ, जुन अमेरिकी संविधानमा निषेध गरिएको छ ।

एपीका छायाचित्र (फोटोग्राफर )पत्रकार एवन् एभन भुसी र संवाददाता जेक मिलरको सुनुवाईमा पूर्ण विश्वस्त हुदै म्याकफ्याडेनले भने, “उनीहरूको उपस्थितिको अभावले एपीको समाचार सङ्कलन क्षमतामा व्यापक असर पारेको छ, जसले व्यावसायिक क्षति पुर्‍याएको छ।” यस मुद्दा पश्चात ह्वाइट हाउसले परम्परागत रूपमा संचालन हुने प्रणालीलाई हटाई आफ्नै हिसाबले पत्रकारहरुलाई निम्त्याउने गरेको छ ।

अन्ततः म्याकफ्याडेनले लेखे, “राष्ट्रपतिले असन्तुष्ट समाचार संस्थालाई दृष्टिकोणकै कारण प्रतिबन्ध लगाउनु असंवैधानिक हो।” न्यायाधीशले आइतवारसम्म आदेश स्थगित गर्दै सरकारले उच्च अदालतबाट आपतकालीन रोक आदेश माग्न समय दिएका छन्।

प्रतिक्रिया