” समयको स्वर “कविता सङ्ग्रहभित्रको समसामयिक बेथिति

इनेप्लिज २०८१ चैत २६ गते १०:२१ मा प्रकाशित

साधुराम बराल र मैयादेबी बरालको कान्छो सन्तानको रुपमा मिति २०१७ साल फाल्गुनमा जोरपाटीमा जन्मिएका गोपाल बराल २०३८ -०३९ देखि नै विभिन्न साहित्यिक संघसंस्थामा आवद्ध भएर साहित्यको जगेर्नामा लागेका व्यक्तिको रुपमा परिचित छन् । जोरपाटीका बरालहरु पृथ्वीनारायण शाहकै पालामा काठमाडौं बसाइँसराई गरेका रैथाने बरालहरुमा पर्छन् ।

मुक्का ,आगमन,अविरल पाइलाहरू जस्ता मुखपत्रको सम्पादनबाट लेखन क्षेत्रमा प्रवेश गरेका गोपाल बराल अरुणिमा शैक्षिक प्रतिष्ठानका गुठियार सदस्य,सञ्चालक समिति सदस्य,नव अरुणीमा माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष,भैरव अर्याल पुरस्कार गुठीका सदस्य र प्रगतिशील लेखक संघका नेपालका सदस्य भैइ साहित्यिक यात्राको प्रसस्तै अनुभव हासिल गर्ने व्यक्तित्वमा पर्दछन ।

गोपाल बरालले ऋषिदत्त पुस्तकालय,अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति,मानवअधिकार तथा शान्ति समाज,साहित्य सदन नेपाल,रमेश विकल साहित्य प्रतिष्ठान,युद्धप्रसाद मिश्र प्रतिष्ठान,अविनव साहित्य समाजको आजीवन सदस्य भएर अनवर काम गरिरहेका छन् ।

गोपाल बरालको सामाजिक र साहित्यिक यात्रा भन्दा महत्त्वपूर्ण भुमिका राजनीतिक यात्रातिर देखिन्छ । उनी जोरपाटी गाउँपालिकाको अध्यक्ष ,जन साहित्यिक मञ्च,केन्द्रीय लेखा आयोगको सदस्य,हुँदै नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य जस्तो जिम्मेवारी समालिसकेका व्यक्तिको रुपमा परिचित छन्। सहकारीभित्र देखिएको विकराल विचलनमा पनि गोपाल बराल पोखराबाट अरुणीमा वित्तिय सहकारी र केन्द्रीय बहुउद्देश्यीय सहकारी संस्था जस्ता वित्तीय संस्थाको सफल सञ्चालकको रुपमा चिनिएका छन् ।

गोपाल बरालको पहिलो कविता २०३८ सालतिर छापिएको देखिन्छ। त्योपछि मिति २०६८ सालतिर मात्रै सम्झनाका कोसेली शीर्षकको निबन्धसङ्ग्रह प्रकाशित गरे ।त्योपछि मात्रै उनको लेखन यात्राले नियमितता पाएको देखिन्छ । अहिले प्रकाशित “समयका स्वर ” कविता संग्रहले दुईवटा कृति लोकलाई अर्पण गरिसकेका छन् । गोपाल बरालले निबन्ध,नियात्रा,कविता सँगै समसामयिक र सामाजिक विषयसँग जोडिएर मिठा कथाहरु साथै राजनीतिक र समसामयिक विषयसँग जोडिएका लेखहरु पनि पत्रपत्रिकामा कहिलेकाहीँ पढ्न पाइन्छ ।यसरी हेर्दा गोपाल बरालको राजनीतिक, सामाजिक यात्रा जस्तै लेखन यात्रामा बहु विधाले स्थान पाएको देखिन्छ ।

गोपाल बरालको ” समयका स्वर ” कविता संग्रहमा त्रिचालीसवटा कविताहरु प्रकाशित भएका छन। कविता सङ्ग्रहको पहिलो कविता नै “काठमाडौ ” शीर्षकमा लेखिएको छ। दोस्रो “मानबहादुर “

तेस्रो “बागमतीको पुरानो पुल” चौथो “पुष्पलाल ” पाँचौ “निल आमष्ट्रङ” छैटौं ” दशै” सातौं ” नेपाल बन्द” आठौं कविता सहकर्मी “गोविन्द वर्तमानलाई श्रद्धाञ्जली”,नवौं ” गलत बाटो,दशौं ” सपथ” एघारौं ” हामीले पत्यायौं” बाह्रौं “किस्नेको दशैं ” तेह्रौं ” समाजले नै खिसी गरिरहेछन् “

चौधौं ” मेरो देश” पन्ध्रौं ” बाआमाहरू” सोह्रौं ” भानुभक्तको स्मृतिमा ” सत्रौं ” हामी सबैको हालत के होला ?” अठारौं ” म मेरो कोठाको कैदी ” उन्नाइसौं ” विकास” विसौं ” यो देश फेरि के हुँदैन छ ? ” एकाइऔं ” रोगी ड्राइभर ” बाइसौं ” प्रणय सूत्र” तेइसौं ” सत्ता लिप्सा ” चौविसौं ” चुनाव ” पचासौं ” कहिले बन्छ सच्चा मानव ?” छविसौं कस्तो विकास गर्यौ खोइ ?” सताइसौं ” उहाँ हजुर ब्यस्त हुनुहुन्छ ” अठाइसौं ” सुध्रिने कहिले ?” उन्नतीसौं ” समृद्धि देश” तीसौं कविता ” खवरदारी” एकतिसौ ” राजनीति ” बत्तीसौं ” मेरी सानी नातिनी ” तेत्तीसौं ” सपनाको नायक” चौंतीसौं ” मेरो देश” पैंतीसौं ” भष्मासुर” छत्तीसौं ” सरकार ” सइतीसौं ” छिमेकी हाम्रो ” अठतीसशौं ” चिन्ता ” उन्नाइसौं ” भुलेको इतिहास ” चालिसौं ” आजको नियति” एकचालीसौं ” आजको राजनीति ” बयालीसौं ” राज्य” र चौयालिसौं कविता “चौरासी पुजा” सँगको भाव र मर्म जोडिएका कविताहरु छन् ।

गोपाल बबरालका हरेक कविताले शीर्षकको शाब्दिक परिचय समेट्दै शीर्षकको विस्तारित भाव सरलभाषामा समेट्दै अघि बढेको भेटिन्छ । व्यक्ति व्यक्तिविचको विभिदता,फरक स्वभाव,देशप्रतिको चिन्ता ,राजनीतिक अस्तिरता र अपराधीकरण,नेतृत्वप्रतिको भरोसा र अविश्वसनीय वातावरण,विचार,सिद्धान्तको व्याख्या र व्यवहारगत भिन्नता, कतिपय नाता,सम्बन्धप्रतिको निराशा,भरोसा ,विश्वारपुर्ण मैत्रीभाव र कतिपय अवस्था र सम्बन्धमा अविश्वास र निराशाले जेलिएको घर,परिवार,समाज र देशको प्रतिनिधित्व गर्ने कविताहरु छन् ।

गोपाल बरालले आफ्ना कविता मार्फत समाजबाट टाढिन खोजेको राजनीति,संवेदनाहिन मानवता,व्यक्तिवाद र स्वार्थ जोडिएको मानव सम्बन्ध, परिवर्तनलाई सम्बोधन गर्न नसक्ने नेतृत्व,भ्रष्टाचारले ब्याप्त प्रशासन र राजनीति,विचौलियाको हातमा रहेको बजार र अर्थतन्त्रले सर्वसाधारण दिक्क भएर व्यवस्थाकै विरोध गर्न थालेका युवा विद्यार्थीको बहिरगमनले एक्लिँदै गरे देशका जेष्ठ नागरिकहरुको सरल चित्रण गरेकाछन् ।

गोपाल बरालले आफ्नो कविताको शीर्षक चयन गर्दा कतै ड्राइभर शब्द चयन गरेका छन त कतिपय अवस्थामा चिन्ता ,भष्मासुर,सरकार,राज्य,खबरदारी ,चुनाव जस्ता शब्दले राजनीतिक बेथितिलाई पटकपटक पोख्न खोजेको भेटिन्छ । कविता सङ्ग्रहका सबै कविताले मुलुको स्वाधीनता,समान अस्तित्व सहित शान्ति ,सुरक्षा,सुशासन र सम्वृद्धि खोजेको छ ।

गोपल बरालको कविता सङ्ग्रहका कविताहरुले अहिलेको राजनीतिक अस्थिरताको अन्त्य सहितको राजनीतिक,सामाजिक र आर्थिक रुपान्तरण खोजेको छ । घरपरिवार र समाजभित्र सह अस्तित्व सहितको सम्बन्ध पुनः जोड्नु पर्ने विषय रोजेको छ ।साथै देशप्रतिको वितृष्णा हटाउन देशभक्तिपुर्ण योजना र कार्यक्रम खोजेको छ । गोपाल बरालको यो सृजन यात्राले निरन्तरता पाओस । शुभकामना साथै कविता सङ्ग्रह प्रकाशित गरेर लोकार्पण गर्नु भएकोमा लोकको तर्फबाट बधाई दिन चाहान्छु ।

सीता ओझा

२०८१/१२/२७

प्रतिक्रिया