अमेरिकाको टेक्सस र न्यूयोर्कस्थित संघीय न्यायाधीशहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनद्वारा विदेशी शत्रु ऐन प्रयोग गरेर भेनेजुएलाली आप्रवासीहरूलाई हटाउने प्रयासलाई अस्थायी रूपमा रोक लगाएका छन्।
न्यूयोर्कको म्यानह्याटनमा दायर मुद्दामा दुई भेनेजुएलाली पुरुष एक २१ वर्षका, जो ट्रेन दे आरागुवा समूहको हिंसाबाट भागेका थिए । त्यस्तै अर्का ३२ वर्षका जो निकोलस माडुरो विरुद्ध प्रदर्शनकारी थिए । उनीहरूलाई देश निकाला गर्न नपाइने आदेश जारी भएको छ। न्यायाधीश एल्भिन हेलरस्टीनले उनीहरुलाई अस्थायी राहत दिएक छन् ।
टेक्ससमा पनि संघीय न्यायाधीश फर्नान्डो रोड्रिगेजले तीन भेनेजुएलाली पुरुष र त्यहाँ हिरासतमा रहेका अरु भेनेजुएलाली आप्रवासीहरूलाई हटाउन ट्रम्प प्रशासनलाई रोक लगाएका छन्। आदेश अनुसार, उनीहरूलाई टेक्ससको विलासी काउन्टी बाहिर लैजान पनि पाइने छैन। यो आदेश अप्रिल २३ सम्म लागू हुनेछ।
न्यायाधीश रोड्रिगेजले भने, “यदि अदालतले राहत नदिएमा ती व्यक्तिहरू तुरुन्त र अपूरणीय क्षतिमा पर्नेछन्।” आप्रवासी पक्षका वकिलहरू भन्छन्, अमेरिका भेनेजुएलासँग युद्धमा नरहेको अवस्थामा बिदेशी शत्रु ऐन प्रयोग गर्नु असंवैधानिक हो। उनीहरूले ट्रम्प प्रशासनले पेश गरेका प्रमाणहरू जस्तै ट्याटु(कलान्यास), पोशाक, वा लोगो अर्थात् प्रतिक चिन्ह गिरोह सदस्यताको आधार बन्न सक्दैनन् भन्ने तर्क गरेका छन्।
प्रतिक्रिया