अमेरिकी प्रतिनिधि सभाद्वारा तल्लो अदालतका न्यायाधीशहरुलाई ट्रम्प समर्थित विधेयक “नो रोग रुलिङ्स एक्ट” अर्थात् “अनाधिकृत न्यायिक आदेश नियन्त्रण ऐन” पारित गरेको छ।
अमेरिकी प्रतिनिधि सभाले बुधबार विधेयक पारित गरेको हो जसले तल्लो अदालतका न्यायाधीशहरूलाई राष्ट्रिय स्तरमा असर पार्ने फैसला जारी गर्न सीमित गर्दछ। ट्रम्प प्रशासनको नीति रोक्न भएका अनेकौं अदालत निर्णयपछि यो विधेयक ल्याइएको हो।
“नो रोग रुलिङ्स एक्ट” अर्थात् “अनियन्त्रित आदेश रोक विधेयक” नामक यो विधेयक २१९–२१३ मतले पारित भयो। एक जना रिपब्लिकन सांसद बाहेक सबै डेमोक्र्याटले यसको विरोध गरे। यो विधेयक राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सामना गरिरहेको संघीय न्यायपालिका विरोधको जवाफस्वरूप ल्याइएको हो, जसले ट्रम्पको आप्रवासन र सरकार रूपान्तरणको योजनामा अवरोध सिर्जना गरेको छ।
राष्ट्रपति ट्रम्प र उनका समर्थकहरूले बारम्बार आफ्ना विरोधी फैसला गर्ने न्यायाधीशहरूलाई महाभियोग लगाउन माग गर्दै आएका छन्। तर पर्याप्त मत नहुँदा, तल्लो सदन (हाउस )नेतृत्वले त्यसको विकल्पस्वरूप यो कानुन अघि सारेका हुन्। सांसद डेरेल इस्साले भने, “संघीय न्यायाधीशहरूले पछिल्ला वर्षहरूमा संविधानको सीमाना पार गर्दै आएका छन्। यो दलीय होइन, संवैधानिक मुद्दा हो।”
तर यो विधेयक सिनेटमा पारित हुने सम्भावना कम देखिन्छ, जहाँ पारित गर्न कम्तिमा ६० मत आवश्यक पर्छ।
रिपब्लिकन सांसद डेरेक श्मिटले भने, “यो साँच्चै नै सामान्यबुद्धिको नीति हो। यसले ‘न्यायाधीश छनोट’ प्रवृत्तिमा रोक लगाउनेछ।”
टेक्ससका सांसद ल्यान्स गुडेनले भने, “धेरै डेमोक्र्याटले नियुक्त गरेका जिल्ला न्यायाधीशहरू उदारवादी कार्यकर्ताजस्तो व्यवहार गर्दै ट्रम्पका सुधारहरूमा रोक लगाउने प्रयास गरिरहेका छन्। अब त्यो रोकिएको छ।”
प्रतिक्रिया