न्यूयोर्कको हड्सन नदीमा बिहीबार दिउँसो भएको उदग्रबिमान (हेलिकप्टर )दुर्घटनामा तीन बालबालिकासहित ६ जनाको ज्यान गएको छ। यो घटना अपरान्ह ३:१५ बजे न्यू जर्सीको जर्सी सिटी नजिकै, वाटर’स् सोल शिल्पकला आसपासमा भएको हो। उदग्रबिमान(हेलिकप्टर)मा तीनजना वयस्क र तीनजना बालबालिका थिए। सबैको शव उद्धार गरिएको न्यूयोर्क प्रहरीले जनाएको छ।
दुर्घटनापछि नदीको दुबै किनारामा आपतकालीन उद्धार टोलीहरू परिचालन गरिए। न्यूयोर्कका नगर प्रमुख एरिक एडम्स घटनास्थलमै पुगेका थिए।
दुर्घटनामा परेको उदग्रबिमान (हेलिकप्टर) बेल २०६ मोडल(नमुना)को थियो जुन लुइजियानास्थित मेरिडियन हेलिकप्टर्स नामक प्रतिष्ठानको स्वामित्वमा रहेको थियो। यसले विगत केही दिनदेखि म्यानह्याटन, जेएफके विमानस्थलहरू बीच दैनिक उडान भर्दै आएको थियो।
उडानपछि उदग्रबिमान गभर्नर्स आइल्याण्ड तथा स्वतन्त्रताको मूर्ति नजिकबाट हुँदै हड्सन नदीको किनारामा म्यानह्याटनतर्फ उडेको थियो। जर्ज वासिङ्टन पुल पार गरी जर्सी सिटीको नजिक दुर्घटनामा परेको हो। प्रत्यक्षदर्शीका अनुसार उदग्रबिमान (हेलिकप्टर )आकाशमै टुक्रिएको थियो र टुक्रा-टुक्रा परेर नदीमा खसेको थियो।
घटनाको अनुसन्धान एफएए र एनटिएसबिले गरिरहेका छन्।
प्रतिक्रिया