छौंडा – कविता

इनेप्लिज २०८१ चैत २८ गते ३:०४ मा प्रकाशित

घरभित्रका छौंडाले
फुको चिउरा चपाउँछन
घर बाहिरका छौंडालेआधारातमा
सातु दुधले भिजाउँदै चौपट्टै कराउँछन्

मनभित्रका छौंडाले,
हेर्दाहेर्दै एकोहोरिएर
औंला चुस्ने,
मनरोगी बनाउँछन्

भाषा सहित्यका छौंडाले,
ओहोर,दोहोर बढाउने गति र यति छोडेर
नयाँ पुस्ता डुबाउँछन
भेषभुषाका छौंडाले, लोकको लाज उधिनेर
उदाङ्गगो नै बनाउँछ ।

नाताभित्रका छौंडाले
नातैमा औंसा खसाउँछन्
औंसापछिका किराले दुर्गन्ध फैलाउँदै
नातै स्वाहा : बनाउँछन्

कुटुम्भभित्रका छौंडाले
गनगने गीत बजाउँछ
गगन भित्र गर्जिए झै
तवला तालको
नृत्य मञ्चन गराउँछन्

समाजभित्रका छौंडाले
औंला ठड्याउन र
बङ्याउन सिकाउँछन्
चोरी,चकारी र लुटको थैलो पनि भजाउँछन्
हत्या,हिंसा ,बलात्कार
अनि व्यविचार बढाउँछन्

संस्थामा छौंडा बढेपछि
संस्थाको गरिमा भाषिन्छ
इमानदारहरूमाथि
लात्ती मुङ्ग्री बजारिन्छ

तन्त्रभित्रका छौंडाले
उँधो उभोँ लतार्दै उफ्रन्छन्
स्वाद पाएका उफ्रेर
मटान पनि फत्काउँछन
राजनीतिभित्रका छौंडाले
नाता गोता बटुल्दछन्
कमिसन र भ्रष्टाचार
यत्र तत्र फैलाउँछन्

छौंडा सल्बलाएर
पातपातै नाच्न थालेछि
नीति,सिद्धान्त फालिने
नेताको फेर समातेका
पातपातै उचालिने गर्दछन्

इमानदारहरू पनि डाहाले
रमिते भै
तिनै छौंडाको गीत गाँउछन्

अपराधको घैंटोले
पोल्न र झस्कने थालेपछि
नेता पनि लक्क पकाउँदै
यता उता सल्बलाउँछन्
राष्ट्रिय भन्दा अन्तर्राष्ट्रिय
छौंडाहरू अझै कडा !
छिमेकीहरू उकासेर
पालैपालो मक्याउँछन्

सत्ता र शक्ति भएसम्म
छौंडाले दुख दिइरहने
सत्ता र शक्ति सकिएपछि छौंडो कै पालो फेरिने अनि सल्बलाउँदै
खैलाबैला मचाउने

अब छौडा पन्साउन
लिसो दलेर
पासो नथापि भएन
भुङ्ग्रो खन्याउँदै
सधैंको लागि नलखेटी भएन

सीता ओझा
२०८०/०३/३१

प्रतिक्रिया