अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राति एक ऐतिहासिक ज्ञापनमार्फत चार संघीय मन्त्रालयहरूलाई निर्देशन दिएका छन् । निर्देशन अनुसार अमेरिकी सेना अब मेक्सिकोसँगको सिमानामा रहेका संघीय भूमिहरूको प्रत्यक्ष नियन्त्रण लिई सुरक्षा कार्यमा संलग्न हुन सक्नेछ ।
ज्ञापन अमेरिकी गृह सचिव डग बर्गम, गृह सुरक्षा मन्त्री क्रिस्टी नोएम, रक्षा मन्त्री पीट हेगसेथ र कृषि मन्त्री ब्रुक रोलिन्सलाई पठाइएको छ । यसमा ट्रम्पले रक्षा बिभागलाई ‘सैन्य गतिविधि’ को लागि विशेष रूपमा निश्चित संघीय भूमिहरूको प्रयोग र अधिकार दिइनुपर्ने बताएका छन्। यसले ‘रूजवेल्ट रिजर्भेसन’ अर्थात् रुजबेल्ट संरक्षण जस्तो सिमानामा पर्ने ६० फिट चौडाइको क्षेत्रमा पर्खाल निर्माण र निगरानी उपकरण जडानको अनुमति दिनेछ।
ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनदेखि नै दक्षिणी सिमानामा सैन्य उपस्थिति बढाउने नीति अवलम्बन गरेका थिए।
प्रतिवेदन अनुसार यस रणनीति अन्तर्गत अमेरिका–मेक्सिको सिमाना नजिकको टेक्ससको एक सैन्य शिविरमा आप्रवासीहरूलाई अस्थायी रूपमा थुनामा राखिनेछ।
रक्षा मन्त्री हेगसेथको निर्देशनमा यो आदेश प्रारम्भमा सीमित क्षेत्रमा लागू हुनेछ, तर भविष्यमा अन्य सिमाना क्षेत्रहरूमा विस्तार गर्न सकिनेछ।
प्रतिक्रिया