मेरिल्यान्डमा बिना प्रमाण आमा पक्राउ : छोरी न्यायको खोजीमा

इनेप्लिज २०८१ चैत २९ गते १०:०२ मा प्रकाशित

अमेरिकाको मेरिल्यान्ड राज्यमा बिना प्रमाण आमालाई पक्राउ गरे पछि छोरी न्यायको खोजीमा सशक्त रुपमा लागेकी छन् ।

सिएनएनका अनुसार मेरिल्यान्ड राज्यमा बसोबास गर्ने करेन क्रुज बेरियोसकी आमा एल्सी नोएमी बेरियोसलाई बिना पक्राउ गरिएको भन्दै छोरी न्यायको खोजीमा अवाज उठाई रहेकी छिन् । छोरीका अनुसार आमा एक मेहनती र समर्पित हुन्।

तर अमेरिका सरकारले उनी ‘खतरनाक एमएस–१३ गिरोहसँग सम्बन्धित’ भन्दै उनलाई पक्राउ गरिएको तर यद्यपि त्यसको कुनै प्रमाण अहिलेसम्म सार्वजनिक गरिएको छैन।

गत मार्च ३१ को बिहान ५२ वर्षीया नोएमीलाई आफ्नी छोरीसहित कामतर्फ गइरहेको बेला संघीय गुप्तचरहरूले वेस्टमिन्स्टर मेरिल्यान्डमा पक्राउ गरे। छोरी करेनले खिचेको श्रब्यदृश्य (भिडियो)मा अधिकारीहरूले उनलाई गाडीबाट बाहिर निस्कन आग्रह गर्छन्। जब उनले गिरफ्तारी आदेश देखाउन माग गरिन्, एक गुप्तचरले आदेश देखाउन आवश्यक नभएको बताए ।

केही सेकेन्डमै, अधिकारीहरूले गाडी (कार)को झ्याल फोडे र उनलाई जबर्जस्ती बाहिर निकाल्दै हात पछाडि बाँधेर गिरफ्तार गरे। छोरी करेन चिच्याइन्, “तपाईहरू उनलाई त्यतिकै लिएर जान सक्नुहुन्न।” श्रब्यदृश्य (भिडियो)मा आमाले छोरीलाई भनेको सुन्न सकिन्छ, “चिन्ता नलेउ , म ठीक छु।”

करनले भनिन्, “आमाको कुनै आपराधिक अभिलेख छैन। हामीलाई हुर्काउन उहाँले नै गर्नुभयो।” उनका वकिलहरूका अनुसार, सरकारको गिरोहको आरोपबारे कुनै प्रमाण उनीहरूले पाएका छैनन्, न त पक्राउ आदेश नै।

उनको जमानत सुनुवाई सोमबारका लागि तय गरिएको छ । मेरील्याण्डका गभर्नर वेस मुरको कार्यालयले पनि संघीय सरकारसँग पारदर्शिता माग गरेको छ।

प्रतिक्रिया