ट्रम्पको आलोचना नमान्ने अमेरिकी सेनानी(कर्नेल) बर्खास्त

इनेप्लिज २०८१ चैत २९ गते १०:५२ मा प्रकाशित

पेन्टागनले ग्रिनल्याण्डको पिटुफिक अन्तरिक्ष अखडा (बेस ) सेनापति कमाण्डर कर्नेल(महासेनानी) सुसान मेयर्सलाई पदबाट हटाएको छ । उनिलाई उपराष्ट्रपति जेडी भान्सका टिप्पणीहरूलाई अस्वीकार गरेकोले बर्खास्त गरिएको हो । मेयर्सले आधारमा कार्यरत बहुराष्ट्रिय कर्मचारीलाई लेखेको एक बिधुतिय डाक (इमेल)मार्फत भान्सको “विवादास्पद” भनाइको प्रतिवाद गरेकी थिइन्।

उपराष्ट्रपती भान्सले ग्रिनल्याण्ड भ्रमणका क्रममा डेनमार्कमाथि “ग्रिनल्याण्डका जनताको सुरक्षामा असफल” भएको आरोप लगाउँदै अमेरिका मातहत आए सुरक्षित हुने बताएका थिए। तर मेयर्सले उपराष्ट्रपति भान्सले व्यक्त गरेका चिन्ताहरू यो अखडाका वास्तविकता होइनन्। जबसम्म म यहाँ सेनापति छु, यहाँ सबैको झण्डा गर्वका साथ सँगै फर्फराउनेछ भन्ने भने आफ्नो बिधुतिय डाकमा (इमेल)भनेकी थिइन् ।

तर यो बिधुतिय डाक (इमेल)पछि पेन्टागनका प्रवक्ताले मेयर्समाथि “राष्ट्रपति ट्रम्पको कार्यसूची (एजेन्डा )कमजोर पार्ने आरोप लगाउँदै नेतृत्वप्रति विश्वास गुमाएको आधारमा पदमुक्त गरिएको घोषणा गरे।

यो कदम ट्रम्प प्रशासनको आलोचनाको विरुद्ध चुप लाग्नुपर्ने दवावको संकेतस्वरूप देखिएको छ। यसअघि पनि न्याय विभागमा ट्रम्प समर्थक नभएका कर्मचारीहरूलाई हटाइएको थियो।

प्रतिक्रिया