अमेरिकाको एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनले मेन राज्यमाथि लगाइएको संघीय कोष रोक्का तुरुन्त हटाउनु पर्ने आदेश दिएका छन् ।
ट्रम्पले ट्रान्सजेन्डर एथलीट(परालैंगिक खेलाडी)हरुलाई महिला खेलहरूमा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा मेनले असहयोग गरेपछि अमेरिकी कृषि विभागले राज्यको कोष रोकिदिएको थियो।
न्यायाधीशको फैसलामा भनिएको छ, अमेरिकी कृषि विभागले मेन राज्यका लागि रोकिएको वा अस्वीकार गरिएको कुनै पनि संघीय रकम तत्कालै खुला गर्नुपर्छ, जुन कथित रूपमा शीर्षक ९ औ को उल्लङ्घन भन्दै रोकेको ध्यानाकर्षण गराएको छ ।
साथै भविष्यमा पनि अमेरिकी कृषि विभागले कुनै कोष रोक्न वा हस्तक्षेप गर्नुअघि कानुनी प्रक्रिया पुरा गर्नुपर्ने आदेश दिएको छ।
मेनले ट्रम्पको आदेश अनुसार परालैंगिक खेलाडी (ट्रान्स एथलीट)लाई महिला खेलहरूबाट हटाउने कार्यान्वयन नगरेको भन्दै अमेरिकी कृषि विभागलेले बिद्यालय ,बालबालिका केन्द्र, र अशक्त वयस्कहरूका लागि प्रयोग हुने भोजन कार्यक्रमहरूको कोष रोकेको थियो ।
न्यायाधीशले भने, “बालबालिकालाई खाना खुवाउने अधिकार रोक्नु शीर्षक नवौको कार्यान्वयन होइन, अमानविय व्यवहार हो।”
सिनेटर सुसन कोलिन्सले यस मुद्दा चाँडै समाधान गर्न आग्रह गर्दै, संघीय कोषका लागि लडिरहने प्रतिबद्धता जनाइन् । तर उनी परालैंगिक खेलाडी( ट्रान्स एथलीट)हरूलाई महिला खेलमा सहभागी हुन नदिनुपर्ने पक्षमा नै छिन्।
प्रतिक्रिया