राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि सर्वोच्च अदालतले कसैलाई फर्काउनु भनेको छ भने त्यसको पालना गर्ने बताएका छन् ।
ट्रम्पले गत शुक्रबार राति गल्तीको कारण मेरिल्याण्डका नागरिक किल्मार अब्रेगो गार्सियालाई एल साल्भाडोर पुर्याए पछि कानुनी झमलामा परे पछि उनले तस्तो टिप्पणी गरेका हुन् ।
सर्वोच्च अदालतको आदेश पछि अमेरिकी सरकारले गार्सियाको बसोबास स्थान र उनलाई फर्काउन गरिएका प्रयासबारे थप जानकारी न्यायाधीशलाई उपलब्ध गराउन साँझ ५ बजेको समयसीमा पाएको छ।
ट्रम्पले पत्रकारहरूलाई उनी यो मुद्दाबारे धेरै जानकार नभएको बताए । तर उनले सर्वोच्च अदालतप्रति आफ्नो सम्मान दोहोर्याए। उनले सर्वोच्च अदालतको सम्मान गर्ने बताए ।
प्रतिक्रिया